नेभिगेशन
सबै कुरा

जाजरकोटमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते

काँक्रेविहार । जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११  नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए । उनका अनुसार जीप सडकदेखि चार सय मिटर तल खसेको थियो । 

दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षे सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन,  १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन् । त्यस्तै २१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते भएको प्रहरीको भनाइ छ । 

चार महिना बालक प्रज्ज्वल घर्ती, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हीरा सार्कीलाई भने सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, १९ जना अझै बेपत्ता

रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, १९ जना अझै बेपत्ता

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको...
धौलीगङ्गाको बाँध खोलियोः महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

धौलीगङ्गाको बाँध खोलियोः महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

त्यसैगरि धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ । पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा...
आजको मौसमः यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको...
आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

सरकारले सुनचाँदी व्यवसायीहरूसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ ।

भर्खरै