नेभिगेशन
सबै कुरा

पोखरामा रविमाथि राजनीतिक प्रतिशोधको विरोधमा उर्लियो जनसागर (फाेटाे/भिडियाे )

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा पोखरामा विरोध प्रदर्शन जारी छ । 


CG

विरोध कार्यक्रमको ५ औँ दिन पोखरामा रविको न्यायका लागि भन्दै जनसागर उर्लिएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीकाअनुसार आज पोखराको सृजना चोकमा विरोध प्रदर्शनको कार्यक्रम तय भएको थियो । सो अघि पोखराका विभिन्न स्थानबाट शान्तिपूर्ण र्याली सृजना चोकमा भेला भएको थियो । 


रास्वपाका उपसभापति डोल प्रसाद अर्याल (डीपी) का अनुसार बुधबारको प्रदर्शनमा पोखरेलीहरुको बाक्लो सहभागिता छ । रविको न्यायका लागि भन्दै रास्वपा गण्डकी प्रदेश, कास्की जिल्ला र छिमेकी जिल्ला, पालिका देखि वडासम्मकै नेता कार्यकर्ता तथा सर्वसाधारणहरू स्वतःस्फूर्त रुपमा विरोध कार्यक्रममा सहभागी भएका छन् । साथै पार्टीका विभिन्न विभागका सदस्यहरू र शुभचिन्तकहरू पनि विरोध कार्यक्रममा सहभागी छन् । 


आइतबार देखि रवि विरुद्ध प्रतिशोध साँधिएको विरोधमा पोखराका सहकारी  पीडितहरू पनि सहभागी भएका छन् । उनीहरूले सहकारी ठगी रविले गरेको नभई राज्यले गरेको बताएका छन् । उनीले राज्यले रवि माथि प्रतिशोध साँधेर आफूहरूले न्याय नपाउने भन्दै विरोध कार्यक्रममा सहभागी भएको बताउँदै आएका छन् । 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

अधिवक्ता कंडेलकाअनुसार अब उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देही पठाउनुपर्छ । उक्त आदेश जिल्ला अदालतले नख्खु कारागार पठाउनु पर्छ । त्यसपछि नख्खुु कारागारले लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पेश...
मुलुकलाई लयमा फर्काउन रवि लामिछानेको नेतृत्वमा रास्वपाले निर्णायक भूमिका निभाउनेछः डिपी अर्याल

मुलुकलाई लयमा फर्काउन रवि लामिछानेको नेतृत्वमा रास्वपाले निर्णायक भूमिका निभाउनेछः डिपी अर्याल

उनले सभापति लामिछानेको रिहाईको लागि निरन्तर सदभाव,शुभेच्छा व्यक्त गर्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण  नेपालीजनहरूप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

‘मिलापत्रको कागज र अदालतमा बयान गरेपछि देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा फिर्ता पाइन्छ भनियो,’ राजभण्डारी भन्छन्, ‘जब पैसा पाएको लिखत तमसुक र अदालतमा बयान सकियो । देवकुमारविरुद्ध सम्पत्ति...

भर्खरै