नेभिगेशन
सबै कुरा

शंखरापुर स्कुल बस दुर्घटना अपडेटः चाबहिलको एसएस स्कुलका ३ विद्यार्थीको मृत्यु, ४३ जना घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुरमा भएको स्कुल बस दुर्घटनामा ३ जना विद्यार्थीको मृत्यु भएको छ । बुधबार साँझ नगरकोटबाट पिकनिक मनाएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराकाअनुसार दुर्घटनामा परी ३ जना विद्यार्थीको मृत्यु भएको छ । यस्तै ४३ जना विद्यार्थी घाइते भएका छन् । 

दुर्घटनामा परी घाइते भएका विद्यार्थीहरूलाई उद्धार गरेर अस्पताल पु¥याएपछि उपचारका क्रममा उनीहरूको मृत्यु भएको बोहोराले जानकारी दिए । एक जनाको शंखरापुर र एकजनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज र एक विद्यार्थीको शिक्षण अस्पतालमा निधन भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्