नेभिगेशन
सबै कुरा

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका पदाधिकारीहरूसँग शिक्षामन्त्रीको छलफल

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ का विषयमा आयोगका पदाधिकारीहरूसँग छलफल गरेको छ। बुधवार मन्त्रालयमा भएको कार्यक्रममा पूर्वशिक्षामन्त्रीद्वय गिरिराजमणि पोख्रेल र गङ्गालाल तुलाधर तथा पूर्व शिक्षा सचिव खगराज बरालसहित आयोगका अधिकांश सदस्यहरूबिच छलफल भएको हो । 

मन्त्रालयमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट गत ज्येष्ठ २ गते प्राप्त पत्रसहित प्रतिवेदनको सक्कल आफूले पाएको र त्यस विषयमा छलफल गर्न तथा आयोगका सदस्यहरूलाई धन्यवाद दिन यो कार्यक्रमको आयोजना गरिएको बताइन्।

त्यस्तै छलफल कार्यक्रममा बोल्दै पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले मिहेनत गरेर बनाएको प्रतिवेदन हराइसकेकोले सार्वजनिक हुने आशा मारे पनि अब कार्यान्वयनमा जाने आशा रहेको बताए। ‘यो प्रतिवेदनले सपना देखाउँछ। संविधानको परिकल्पना र संरचना सुहाउँदो शिक्षाका लागि यो प्रतिवेदन बनाएका थियौँ’, उनले भने ।

पूर्व शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शिक्षा आयोगको प्रतिवेदनबारे सरकारसँग कुरा गर्दागर्दै थाकिसकेको तर अब सार्वजनिक हुने र कार्यान्वयनमा जानेमा आशा पलाएको बताए । ‘म मन्त्री हुँदा यही आयोगको प्रतिवेदन अनुसार काम गरेको थिए। तर विविध कारणले सार्वजनिक गर्न सकिएन। विकासको मार्गचित्र बनाएर मात्रै शिक्षाको योजना बनाउनुपर्ने रहेछ भन्ने लागेको छ।’, उनले भने। यो प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयले नै पहल गर्नुपर्ने र त्यसमा सबैको साथ रहने उनको भनाइ थियो। 


संविधान सभा सदस्य तथा आयोगका सदस्य श्याम श्रेष्ठले आयोगको प्रतिवेदन अझै सान्दर्भिक रहेको बताए ।

‘राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने कुरा रिपोर्टमै थियो। मन्त्रीज्यूले कार्यान्वयनमा लानुभएछ। धन्यवाद छ।’, श्रेष्ठले भने। समाजमा विवेकशील चेतना दिने शिक्षा दिनुपर्ने र त्यसका लागि प्रतिवेदन सार्वजनिक गरी परिमार्जनसहित कार्यान्वयनमा जानुपर्ने उनको धारणा थियो।

यस्तै आयोगका सदस्य बाबुराम थापाले शिक्षामा नीतिगत र सैद्धान्तिक बहसका लागि आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने बताए। आयोगको उक्त प्रतिवेदनले संविधानको मर्मलाई समातेको उनको धारणा थियो।

आयोगका सदस्य तथा हिसानका अध्यक्ष रमेश सिलवालले प्रतिवेदन सार्वजनिक भएपछि मात्रै बहस सुरु हुने बताए। ‘निजी क्षेत्रको योगदानलाई पनि नभुलौँ। सामुदायिक विद्यालयको गुणस्तर सुधारौँ।’, उनले भने । 

कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै मन्त्री श्रेष्ठले प्रतिवेदन सार्वजनिक पनि हुने र कार्यान्वयन पनि हुने प्रतिबद्धता जनाइन् ।  ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ। तपाईँहरूले सहयोग गर्नुस्। समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने हो।’, मन्त्री श्रेष्ठले भनिन् ।


नेपाल सरकारको निर्णयले २०७५ असार ३२ गते २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन गरेपछि आयोगले विभिन्न विषयगत समितिहरु बनाएर अध्ययन गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुधबार बिहान उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा...
जब सांसदहरू त्रिभुवन विश्वविद्यालयको छात्राबास छिरे

जब सांसदहरू त्रिभुवन विश्वविद्यालयको छात्राबास छिरे

मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका...
सरकारलाई शिक्षक महासङ्घको चेतावनी: शिक्षा विधेयकमा षड्यन्त्र नहोस्, नत्र...

सरकारलाई शिक्षक महासङ्घको चेतावनी: शिक्षा विधेयकमा षड्यन्त्र नहोस्, नत्र...

नेपाल शिक्षक महासङ्घले सरकारलाई विद्यालय शिक्षा विधेयकमाथि षडयन्त्र नगर्न चेतावनी दिएको छ । महासङ्घले एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारले आफूहरूसँगको सहमतिमा असार १५ गतेभित्र विधेयक ल्याउने प्रतिबद्धता जनाए...

भर्खरै