नेभिगेशन
सबै कुरा

राजेश हमालको टिभी शो ‘यो नेपाली शिर उचाली’ शुक्रवारदेखिः पहिलो पात्र पोर्चुगलका चर्चित नेपाली टंक सापकोटा

महानायक राजेश हमालको नयाँ टेलिभिजन शो ‘यो नेपाली शिर उचाली’ शुक्रवार साँझ ९ः३० बजेबाट हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । कार्यक्रम साझा कथा युट्युब च्यानलमा पनि हेर्न सकिन्छ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीहरुसंग उनीहरुको कर्मथालोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुँदैछ । 

कार्यक्रमको पहिलो भागमा पोर्चुगलका टंक सापकोटाको कथा समेटिएको छ । सापकोटा कुशल सेफ र सफल रेष्टुरेन्ट ब्यवसायी हुन् । पोर्चुगलको राजधानी लिस्बनमा रहेको उनको रेष्टुरेन्ट फोर्नो द ओरो युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२ औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा परेको छ । केही अघि मात्रै पोर्चुगलमा खानाको हिरा भनेर चिनिने बहुमुल्य च्याउ ट्रफल पत्ता लगाएर उनी थप चर्चामा आएका छन् । बाग्लुङ्गका सापकोटा २७ वर्षमै पोर्चुगल पुगेका थिए । 

Global Ime Bank

कार्यक्रमको पहिलो भागको टिजर आफ्नो फेसबुक पेजमा शेयर गर्दै प्रस्तोता राजेश हमालले लेखेका छन्, ‘कार्यक्रम हेरिसकेपछि तपाईंले पनि भन्नुहुनेछ यो नेपाली शिर उचाली’ । कार्यक्रम मुभ मिडिया प्रा.लि र अल थ्री मिडिया घर प्रा.लि. ले संयुक्त रुपमा उत्पादन गरेको हो । कार्यकारी निर्माता विवेक रेग्मीले कार्यक्रममा समेटिने पौरखी कथाहरु संसारभरि छरिएका नेपालीका लागि प्रेरणा वन्ने बताएका छन् । कार्यक्रमले उनीहरुसंग भएको ज्ञान र सिपलाई स्वदेशसंग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे...
टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ ।
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।