विद्यासुन्दरको अनियमितता चिरेर 'चिरिच्याट्ट' बनेको न्यूरोड !

लक्ष्मण गिरी

काठमाडौँ । फराकिला फुटपाथ, भूमिगत बिजुली र इन्टरनेटका तार, एउटै सेतो रङ्ग पोतिएका चिरिच्याट्ट घरहरू । यो ‘सुधारिएको न्यूरोड’को परिचय हो । 

हिजोआज काठमाडौँ महानगरपालिका वडा नं २४ मा पर्ने न्यूरोड क्षेत्रले दिनरात नभनी मुहार परिवर्तन गर्दै छ । 


न्यूरोडको जुद्धशालिकबाट उत्तरतर्फ इन्द्रचोकसम्म पछिल्लो केही महिनायता फेरिएको स्वरूपले काठमाडौँको विकासको मोडल देखाएको छ । 

पछिल्ला केही महिनामा सो क्षेत्रको फुटपाथ फराकिलो बनाइएको छ । असरल्ल छोडिएका तार भूमिगत गरिएको छ, ‘टाटेपाङ्ग्रे संरचना’मा एउटै सेतो रङ्ग लगाएर एकानासको चिरिच्याट्ट बनाइएको छ, बनाउने क्रममा छ । 

महानगरको निर्णयको स्वागत गर्दा फेरिएको मुहार !

काठमाडौँ–२४ मा पर्ने सो क्षेत्र कसरी यति सुन्दर भयो ? यो प्रश्नको उत्तर खोज्न आजभन्दा करिब एक वर्ष अघि पुग्नुपर्छ । 

२०८० माघको पहिलो सातासम्म काठमाडौँको न्यूरोड लगायत व्यस्त व्यापारिक क्षेत्रमा सडकको दायाँबायाँ पार्किङ गर्ने गरिएको थियो । त्यो पनि महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यकै संलग्नतामा कुनै एक नीजि व्यवसायिक कम्पनीलाई ठेक्का नै दिएर । 

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

तर, काठमाडौँ महानगरपालिकाले २०८० माघ ९ गते एक निर्णय गर्यो, न्यूरोड लगायतका क्षेत्रमा कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने । 

सो समयमा काठमाडौँ महानगरपालिकाले वडा नं २२, २३ र २४ मा पर्ने धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गर्ने निर्णय गर्यो । 

यो निर्णय गरेसँगै त्यसअघि भरिभराउ सडकका दायाँबायाँ खुल्ला बने, सडक फराकिला देखिए । उता नेतृत्वकै साँठगाँठमा पार्किङको ठेक्का कुम्ल्याएर महिनामै करोडौँ उठाउने कम्पनीको पनि कमाई गुम्यो । अनि सुरु भयो कचिङ्गल । 

महानगरको उक्त निर्णयको विरोध गर्दै काठमाडौँ महानगरपालिका वडा नं २२ का वडाध्यक्षसहितका जनप्रतिनिधि नै सडकमा उर्लिए । एमालेबाट निर्वाचित वडाध्यक्ष चिनीकाजी महर्जनले पत्रकार सम्मेलन गरेर न्युरोडमा पार्किङ हटाउने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएपछि सो क्षेत्रका स्थानीय र केही व्यवसायी आन्दोनलमा उत्रिए । तर उनीहरुको केही लागेन । न्यूरोडको कालोपत्रेमा भएको पार्किङ हटेरै छोड्यो । 

उता पार्किङ हटाइएको केही क्षेत्र काठमाडौँ महानगरपालिका वडा नं २४ मा समेत पर्थ्याे । तर, सो क्षेत्रमा पार्किङ हटाउँदा वडा नं २४ ले भने महानगरपालिकाको निर्णयलाई सहयोग गर्यो । व्यापारी र स्थानीयले समेत सहयोग गरेपछि त्यस क्षेत्रको पार्किङ व्यवस्थापन सहज बन्यो । 

०००

त्यस्तै काठमाडौँ महानगरपालिकाले २०८१ जेठ १४ गतेदेखि काठमाडौँ महानगरको वडा नम्बर २४ र २२ मा फुटपाथ बिस्तारको कार्य सुरु गर्यो । सो क्षेत्रमा स्मार्ट क्यामेराको सहायतामा महानगरले अध्ययन गरेर जनघनत्व अनुरुपको फुटपाथ नभएको भन्दै बढाउने निर्णय गरेको थियो । 

फुटपाथको कार्य सुरु गरेसँगै महानगरको सो कदमको विरोधमा पुनः उत्रिए चिनीकाजी मर्हजन । उनले केही स्थानीय, समर्थक र व्यापारी जुटाएर महानगरपालिकाको डोजर नियन्त्रणमा लिनेदेखि काम गर्न आउने कर्मचारीसम्मलाई अवरोध गरे । यतिसम्म कि सो अवस्थामा झडपको समेत स्थित बन्यो तर पनि चिनिकाजीले डोजरमाथि चढेर ताण्डव देखाए । तर काम गर्न दिएनन् । 

महानगरपालिकाले त्यसअघि जति ठाउँ ओगटेर पार्किङ गरिएको थियो, त्यती ठाउँमा मात्र फुटपाथ विस्तार गर्ने तयारी गरेको थियो । तर वडाध्यक्ष महर्जनले जबसम्म फुटपाथ विस्तार गर्ने निर्णयबाट महानगर पछि हट्दैन तबसम्म वडाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरे । त्यतिमात्रै हैन, उनले न्युरोडको फुटपाथमै पाल टांगेर वडाका काम चलाउन थाले । 

महानगरले पटकपटक सो क्षेत्रमा फुटपाथ विस्तार गर्ने प्रयास गर्यो तर वडाध्यक्षकै अगुवाईमा त्यो कार्य गर्न दिइएन् । 

अन्ततः महानगरपालिकाले वडा नं २२ मा फुटपाथ विस्तारको कामलाई थाँति राख्दै सो क्षेत्रमा फुटपाथ आवश्यक पर्छ कि पर्दैन भनेर अध्ययन गर्न साउन ७ गते १ समिति गठन गर्यो ।

९ सदस्यीय अध्ययन समितिले विभिन्न पक्षलाई समेटेर अध्ययन गर्न मंसिर १ गतेसम्मका लागि कार्यदेश दिइएको थियो । तर समितिले त्यो अध्ययन गर्न समय अभाव भएको भन्दै ६ महिनालाई थप समय माग गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

उता मंसिर १ गतेसम्म दिइएको समयसिमासम्म अध्ययन नसकेर उल्टै समय थप गर्दा वडा नं २२ को फुटपाथ विस्तार अनिश्चत बनेको छ । अहिले पनि सो क्षेत्र अस्तव्यस्त नै छ । 

तर काठमाडौँ महानगरपालिकाको सोही निर्णय २२ नं वडा सँगैको अर्को वडा अर्थात वडा नं २४ ले भने सहर्ष स्विकार गर्यो वा भनौँ महानगरको त्यो निर्णयलाई वडाका प्रतिनिधि, स्थानीय र व्यवसायीले स्वागत गरे । फलत अहिले वडा नं २४ को जुद्धशालिकदेखि उत्तरतर्फ इन्द्रचोकसम्मको फुटपाथ विस्तार भएको छ । 

महानगरले सो क्षेत्रको फुटपाथ विस्तार मात्रै गरेको छैन, विद्युत प्राधिकरणसँगको सहकार्यमा यत्रतत्र छरिएर रहेका विद्युतिय तार समेत भूमिगत गरेको छ । अहिले फुटपाथमा रहेका अनावश्यक विद्युतिय पोल समेत हटाइएको छ । जसले गर्दा वडा नं २४ को सो क्षेत्र फराकिलो र सफा देखिएको छ । 

जुद्ध समशेरको पालाकै स्वरुपमा फर्काइँदै संरचना

अहिले वडा नं २४ को सो खण्डलाई जुद्ध शमसेरकै पालाको स्वरुपमा फर्काउने प्रयास गरिएको छ । अहिले सो क्षेत्रका घरहरुमा सेतो रङ्ग लगाउने कामलाई तिव्रता दिइएको छ । 

काठमाडौँ महानगरपालिका वडा नं २४ का अनुसार महानगरको शौन्दर्यकरण अभियानलाई स्थानीयले साथ दिएर सो रंगरोकन गरेका हुन् । ‘फुटपाथ विस्तार र तार भूमिगत भएपछि फेरिएको संरचनालाई पुरानो शैलीमा फर्काउने हाम्रो चाहना थियो’, वडाध्यक्ष विनोद कुमार राजभण्डारीले भने, ‘सो प्रस्ताव लिएर स्थानीयसँग जाँदा उहाँहरुले गर्नैपर्छ भनेर साथ दिएर अहिले रंगरोकन गरिरहनु भएको छ । हाम्रो केही लगानी छैन त्यहाँ ।’

वडाको नीतिलाई स्थानीयले साथ दिँदा अहिले सो क्षेत्र साँच्चिकै हेर्न र घुम्न लायक बनेको छ । चिरिच्याट्ट बनेको सो क्षेत्रलाई हेर्न र टिकटक बनाउन आउने क्रम पनि बढ्दो छ । उता व्यवसायी र स्थानीय पनि खुसी छन् । 

प्रतिक्रिया

The Reporter

न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’

  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||
  • रविको थुनछेक बहसको आदेश आउँदै, पोखरामा के भइरहेको छ ? || Rabi....
  • रवि लामिछानेका वकिलको थुनछेक बहसः अदालतमा के के भयो ? || SIDHAKURA....
  • दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित ||....
  • हाेसियार ! असुरक्षित छ बैंक खाताको पैसा, एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित....
  • रविको राजनीति सक्न कानुन परिवर्तन ! || SIDHAKURA ||
  • ज्यान मार्ने उद्योगका अभियुक्तलाई ओलीद्वारा पार्टीमा भब्य स्वागत || SIDHAKURA ||
  • एनसेलको गैरकानुनी धन्दा, कारबाही गर्न सर्वोच्चको आदेश || SIDHAKURA ||
  • जुँगाको लडाइँ उपेन्द्र र प्रदीप यादवको, २१० क्विन्टल धानमा आगाे लाग्याे हरिन्द्रको....
  • घटना नं ५ : रवि माथि हिरासतमै अमानविय व्यवहार, मानव अधिकार आयोग....
  • भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....
  • प्रधानमन्त्रीको अफर नमान्दा संसदीय छानबिन समिति देखि हिरासतसम्म || SIDHAKURA ||
  • रविमाथि लागेको राज्यः अनुसन्धान कम, प्रतिशोध बढी || STATE IMPOSED UPON RABI....
  • F1 Soft को बैंक खाताबाट ३ करोड गायब, हुण्डीको आशंका || SIDHAKURA....
  • रविको भाइरल तस्बिरको नालीबेली || SIDHAKURA ||
  • साझा पेट्रोल पम्पको बदमासी : ५० लिटर डिजेल भर्दा ३२ लिटर पानी....

Sidhakura Investigation

सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....

  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

सिद्धबाबा सुरुङमार्गभित्र पस्दा... || SIDHAKURA ||

  • सिद्धबाबा सुरुङमार्गभित्र पस्दा... || SIDHAKURA ||
  • रवि भेट्न अदालतबाहिर समर्थकको भिड, आज के के भयो ? || SIDHAKURA....
  • रवि लामिछानेलाई परिवारको जिम्मा लगाउन अदातलको आदेश || SIDHAKURA ||
  • राज्यले सोझा नागरिकमाथि लगाएको झुटा मुद्दाको जिम्मा कसले लिने ? – सोविता....
  • प्रधानमन्त्रीले भेटेनन् हर्क साम्पाङ, समय नदिएपछि रिसाउँदै बाहिरिए || SIDHAKURA ||
  • रित्ताे गाग्री बोकेर हर्क साम्पाङ किन आए काठमाडौँ ? || SIDHAKURA ||
  • धरौटीमा छुटेपटि रवि भन्छन्– न्याय प्रक्रियाप्रति उच्च सम्मान छ || SIDHAKURA ||
  • दिनेश त्रिपाठीलाई कसले किन गर्यो हातपात ? || Dinesh Tripathi || SIDHAKURA....
  • धादिङमा माघे सङक्रान्ति मेला || SIDHAKURA ||
  • ‘कार्यालय नै खाली गरेर सरकारी वकिल रविविरुद्ध बहस गर्न आए’ || SIDHAKURA....
  • उत्तरी अमेरिकामा भीषण हिउँदे आँधीले संकटकाल, नेपालीहरु पनि प्रभावित || SIDHAKURA ||
  • छुटेपछि रविले भने, ‘न्याय मरेको छैन भन्ने आभास भएको छ’ || Rabi....
  • अदालतकाे आदेश पछि रविलाई ९३ वर्षिय आमाले दिइन आशिर्वाद || SIDHAKURA ||
  • कास्की प्रहरीमा धरौटी बुझाएर बाहिरिए रवि लामिछाने || SIDHAKURA ||
  • रविको रिहाईपछि रास्वपा सांसदहरु... || SIDHAKURA ||
  • रवि सहित ७ जनालाई धरौटीमा छाड्न भएको आदेश || SIDHAKURA ||
  • समितिमा सांसदको झण्डै हात हालाहाल... || SIDHAKURA ||
  • रवि किन निर्दोष छन् ? यस्ता छन् उनको पक्षमा बहस गरेका कानुन....
  • रविको थुनछेक बहस सकियो, कार्यवाहक सभापति डीपी अर्यालले के भन्छन् ? ||....
  • यी कारणले रवि लामिछाने छुट्ने ! यस्ता छन् वकिलका दलील || SIDHAKURA....
  • 7.0 MAGNITUDE EARTHQUAKE STRIKES TIBET-NEPAL || SIDHAKURA ||
  • समितिमा बाेल्दाबाेल्दै राेकेपछि रामहरि खतिवडाविरुद्ध जङ्गिए हृदयराम थानी || SIDHAKURA ||
  • रास्वपाको २५ घण्टे केन्द्रीय समिति बैठकले के गर्यो निर्णय ? || SIDHAKURA....
  • रास्वपा नेताको आक्रोस ! रविलाई सिध्याउन अध्यादेश ल्याउने, आफ्नालाई जोगाउने ? लाज....
  • ५ वर्षे भ्रष्टाचार सम्बन्धी हदम्यादबाट पछि हट्यो सरकार, सांसदहरुको प्रतिक्रिया || SIDHAKURA....