नेभिगेशन
सबै कुरा

रास्वपाले राज्यको खतरापूर्ण चरित्रविरुद्ध आन्दोलन चर्काउने, आम नागरिक र राष्ट्रिय हितका शक्तिसँग सहकार्य गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन सशक्त बनाउने भएको छ । यसकालागि आम नागरिक र राष्ट्रिय हितका शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ । शनिबार बसको केन्द्रीय समितिको बैठकले राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रीत रहेर आम नागरिक र राष्ट्रिय शक्तिहरूको सहकार्यमा दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । 

रास्वापले  कुनैबेला राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरू आज नवीन विचार र आवाजलाई दबाउन उद्दत रहेको भन्दै राज्यको यस्तो स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत रहेको दाबी गरेको छ । 

Global Ime Bank

राज्यको खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह गर्दै बैठक पछि जारी विज्ञप्तीमा भनिएको छ, 'रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध साथै साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आव्हान गर्ने '।  ‌



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने

शनिबार सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बिभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलले कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय...
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे...
नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए...
टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ ।