नेभिगेशन
सबै कुरा

कोशीखोलामा आएको बाढीले नुवाकोटका सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ ।

स्थानीय किसान आरबी नेपालका  अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ । “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ”, उनले भने, “दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।”

Global Ime Bank

बाढीको कारण स्थानीय जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो । 

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताए । प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्ने अध्यक्ष अधिकारीले प्रतिवद्धता जनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
सेतो कोटसहित डाक्टरहरू सडकमा, आकस्मिकबाहेक सेवा ठप्प–बिरामीको बिचल्ली (तस्बिरहरु)

सेतो कोटसहित डाक्टरहरू सडकमा, आकस्मिकबाहेक सेवा ठप्प–बिरामीको बिचल्ली (तस्बिरहरु)

उपभोक्ता अदालतको निर्णयविरुद्ध नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलनमा उत्रिएपछि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प भएका छन्।
प्रधानमन्त्री, गृहमन्त्रीलगायतको टोली बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न रसुवा जाँदै

प्रधानमन्त्री, गृहमन्त्रीलगायतको टोली बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न रसुवा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षण गर्ने भएका छन् ।
विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रु ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी...