नेभिगेशन
सबै कुरा

नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते बडादसैँको फुलपातिका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा उद्धार उडान गर्ने भएको छ ।

दसैँमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्यले निगमले काठमाडौँ–भैरहवा–काठमाडौँ उद्धार उडान गर्ने निर्णय गरेको हो । निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । राष्ट्रलाई समस्या परेकाबेला राष्ट्रिय दायित्व र जिम्मेवारीलाई बहन गर्दै निगमले सरकारको निर्देशनमा उद्धार उडान गर्न लागेको उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरुप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने रआउने राजमार्ग बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाई भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उद्धार उडानको निर्णय लिएको हो ।

निगमको उडान तालिका अनुसार २४ गते उडान नम्बर आए.ए.१७ ३३ विमान काठमाडौँबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्नेछ । भैरहवाबाट काठमाडौँ उडान नम्बर आर.ए. १७४३ १२ः ३० बजे भर्नेछ । यो गन्तव्यमा काठमाडौँ–भैरहवा रु सात हजार र भैरहवा–काठमाडौँ रु तीन हजार आठ सय ९० निर्धारण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सूर्य नेपालद्वारा बारामा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन, ग्रामीण बासिन्दालाई घरमै निःशुल्क सेवा

सूर्य नेपालद्वारा बारामा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन, ग्रामीण बासिन्दालाई घरमै निःशुल्क सेवा

मोबाइल क्लिनिकमार्फत ग्रामीण बासिन्दालाई निःशुल्क स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र आवश्यक औषधि वितरण सेवा प्रदान गरिँदैछ। स्वास्थ्य सेवा टोलीमा एक जना चिकित्सक, नर्स, फार्मासिस्ट, रेडियोलोजिस्टलगायत अन्य स्वास्थ्यकर्मी सहभागी...
नेपाल लाइफद्वारा भगवान कोइरालाले निमार्ण गर्ने बाल अस्पतालका लागि १ करोड सहयोग

नेपाल लाइफद्वारा भगवान कोइरालाले निमार्ण गर्ने बाल अस्पतालका लागि १ करोड सहयोग

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यो सहयोगसम्बन्धी समझदारीपत्रमा किओचका संस्थापक अध्यक्ष डा.भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईआ) प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन्।
काठमाडौँमा पनि खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

काठमाडौँमा पनि खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

करेन्ट पोइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् । साथै,...
रसुवाको बाढीपीडितप्रति नाइमाको समवेदना, चाडपर्वमा आपूर्ति संकट गहिरिने चिन्ता

रसुवाको बाढीपीडितप्रति नाइमाको समवेदना, चाडपर्वमा आपूर्ति संकट गहिरिने चिन्ता

रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत र पूर्वाधार...

भर्खरै