नेभिगेशन
सबै कुरा

पार्टीभित्रको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्नुपर्छः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् । 

शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने बताएका हुन् । 

अहिले नै पार्टीभित्रको समस्या पुरै हल भइनसकेको उनले बताए । श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने धारणा राखे ।

उनले माओवादीलाई बलियो पार्टी बनाउदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुर्याइछाड्ने उल्लेख गरे । 

श्रेष्ठले सरकारको गतिविधि सवैलाई जगजाहेर भएकाले भन्दै सरकारको टिप्पणी गरेर शव्द खेर नफाल्ने बताए । उनले भरतपुरको बिकास क्रान्तिकारी ढंगले भएको भन्दै भरतपुर महानगरकी प्रमुख रेनु दाहालको प्रसंसा गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्