नेभिगेशन
सबै कुरा

पशुपतिनाथको आरती बिक्री : यस्तो छ कोष र बुढासुब्बाबिचको सम्झौता

काठमाडौँ । पुशपति क्षेत्र विकास कोषले हरेक  साँझ हुने गंगा आरतीसहित मन्दिरभित्रको दिप प्रज्वलनको भिडिओ सर्वाधिकार ५ वर्षका लागि बुढासुब्बा डिजिटललाई बेचेको प्रमाण सिधाकुरालाई प्राप्त भएको छ । 


Dish Home
Global Ime Bank

बुढासुब्बा प्रा.लि.ले मासिक १ लाख ६० हजार रुपैयाँ कोषलाई तिर्नेगरी ६३ महिनाको बैंक जमानत १ करोड १३ लाख ९०  हजार ४ सय रुपैयाँ राखेर कोषसँग सम्झौता गरेको हो ।

यो सम्झौता अनुसार बुढासुब्बा डिजीटल प्रालिले गंगा आरती तथा मन्दिरभित्र हुने दिप प्रज्वलनको श्रव्य दृश्य कैद गर्न र डिजिटल माध्यममा राख्न सर्वाधिकार पाएको छ ।

बुढासुब्बा डिजिटल प्रालिका सञ्चालक नवराज गिरीका अनुसार ६ महिनाअघिनै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता भएको हो । पछिल्लो ६ महिनामा मासिक १ लाख ८० हजार ८ सयका दरले कोषमा जम्मा गरेको गिरी बताउँछन् ।

कोषले गत फागुनमै गोरखापत्र दैनिकमा सूचना जारी गर्दै बागमती नदि किनार सहित पशुपतिनाथको भित्री भागको प्रत्यक्ष प्रसारणका लागि बोलपत्र आह्वान गरेको थियो । करबाहेक मासिक १ लाख ६० हजार शुल्क तिर्नेगरी बुढासुब्वा डिजिटलको प्रस्ताव कोषले स्वीकार गरेको भेटिएको छ । 


कोषले जेठ २९ गते बुढासुब्वा डिजिटललाई सम्झौताकालागि बोलाएको थियो । सम्झौता अनुसार बुढासुब्बाले पशुपतिको आरती सहित दीप प्रज्वलनको भिडियोमा सर्वाधिकार राख्न पाउने बुढासुब्वा डिजिटलका सञ्चालक गिरीको दाबी छ । 

६ महिनादेखि पैसा तिर्दै आएपनि हामीले सर्वसाधारणका लागि भिडियो तथा फोटो खिच्न रोक लगाएका छैनौँ, गिरीले भने सर्वसाधारणले व्यक्तिगत प्रयोजनका लागि फोटो तथा भिडियो खिच्न पाउँछन् तर पैसा कमाउने उद्देश्यले खिच्ने अधिकार त १ करोड १४ लाख बैंक जमानत राखेर, मासिक पैसा तिरेर हामीले पाएका छौँ । गिरीले थपे ‘पशुपतिको भिडियो हालेपछि विशेष गरेर भारत लगायत विभिन्न ठाउँबाट युट्युबमा कपी राइटको क्लेम आउँछ । त्यसका लागि हामीले रोक लगाएका हौ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मिटर ब्याज पीडितलाई सिंहदरबार प्रवेशमै रोक

मिटर ब्याज पीडितलाई सिंहदरबार प्रवेशमै रोक

मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय प्रवक्ता निर्ग नविनका अनुसार सोमबार आयोगका टोलीसँग देशभरका मिटर ब्याज पीडितका प्रतिनिधिहरुले वार्ता गर्ने तय भएको थियो ।
हुरीले धुरी उँडाएको २ दिनमै ११ हजार भोल्टको झट्काले उँडायो उपेशको प्राण

हुरीले धुरी उँडाएको २ दिनमै ११ हजार भोल्टको झट्काले उँडायो उपेशको प्राण

घरमा दृष्टिविहीन आमा विष्णु दमाई छोराको मृत्युको खबरले विक्षिप्त छिन् । उनलाई अहिले यो अवस्थामा आफू साहाराबिहिन बनेको चिन्ता त छ नै त्यो भन्दा बढी चिन्ता बेसाहारा बनेका...
आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?
उदयपुरमा सवारी दुर्घटना, ११ जना घाईते

उदयपुरमा सवारी दुर्घटना, ११ जना घाईते

काठमाडौ बाट गाईघाट तर्फ आउँदै गरेको प्र १–०५–००१ ज ००५८ नम्वरको इभि गाडी ओरालो बाटोमा बेक्र फेल भई अनियन्त्रित भई  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।