नेभिगेशन
सबै कुरा

भाटभटेनीको कर प्रणाली ह्याक गरेर धेरै कर तिरिदिएको आरोपमा  २ जना पक्राउ 

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको कर प्रणाली ह्याक गरेको कसुरमा २ जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले चितवनबाट दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पर्वत घर भएर चितवन बस्ने सन्तोष पराजुली र गोरखाका परिन पाण्डे रहेका छन् । उनीहरूको भाटभटेनी सुपर मार्केटको एकीकृत कर प्रणालीको युजर नाम र पासवर्डमा पहुँच पु¥याएर कर दाखिलाको विवरण फरक पारेको प्रहरीको दाबी छ । 

चितवनमा अडिट फर्म चलाएर बस्ने उनीहरूलाई भाटभटेनीले गरेको उजुरी पछि अनुसन्धानको दायरमा ल्याइएको सीआईबीका प्रवक्ता सुधीरराज शाहीले जानकारी दिए । 

भाटभटेनीले ६ करोड २६ लाख ९४ हजार रुपैयाँ कर तिर्नु पर्नेमा प्रणालीमा गलत सूचना थप गरेर त्यसलाई १३ करोड पु¥याइएको प्रहरी दाबी छ । 

‘कुल बिक्री २ अर्ब ३४ करोड १६ लाख ४२ हजारको ६ करोड २६ लाख ९४ हजार हुनु पर्नेमा १३ करोड ९ लाख ५९ हजार पु¥याइएको पाइयो,’ सीआईबीले प्रतिवेदनमा भनेको छ ।

माघ ५ गते पक्राउ परेका उनीहरूलाई थप दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु चितवनमा रहेको बिहादी बिजनेश म्यानेजमेन्ट कम्पनीमा कार्यरत रहेको पाइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्