नेभिगेशन
नेताका कुरा

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पकाे विजय: नेपालमा सुन चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचन मत परिणामको असर नेपालको बजारमा समेत देखिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासँघकाअनुसार सुनको मूल्य एकै दिनमा तोलामा ४ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । 

आजका लागि छापावाल सुनको मूल्य एक लाख ६४ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख ६८ हजार ५ सय रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । 

Global Ime Bank

यस्तै प्रतितोला २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको कार्यकालसँगै मध्यपूर्व र रुस युक्रेन युद्ध रोकिने आशमा विश्व अर्थतन्त्रमा केही सकारात्मक सुधार भएको छ । ट्रम्प निर्वाचित भएको औपचारिक घोषणा लगत्तै बिहीबार डलरको मूल्य बढेको थियो ।     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
२८ अङ्कले बढ्यो नेप्से परिसूचक

२८ अङ्कले बढ्यो नेप्से परिसूचक

आज ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल)...
सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।