नेभिगेशन
सबै कुरा

१७ देशका लागि प्रस्तावित राजदूतहरुमध्ये चार जनाको सुनुवाई

काठमाडाैँ । संसदीय सुनुवाइ समितिले बिभिन्न देशका बिभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरुमध्ये बुधबार थप चार जनाको सुनुवाई गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्राडा कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्वाहाङ्फेको संसदीय सुनुवाइ गरेको हो ।

Global Ime Bank

सुनुवाईका क्रममा रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारका लागि सहजकर्ताको काम गर्ने, क्षतिपूर्तिका व्यवस्थाका लागि पहल गर्ने बताए । नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै दुईपक्षीय हितका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्नसक्ने उनको भनाइ छ । 

त्यस्तै साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकालले दुइदेशबीच उच्चस्तरको भ्रमणका लागि पहल गर्ने, श्रम बजारलाई व्यवस्थीत गर्ने लगायतका कार्ययोजना प्रस्तुत गरे । उनले साउदी अरबमा रहेका नेपालीहरुका लागि आवश्यक सहजीकरण गर्ने, नयाँ श्रम सम्झौता गर्ने कामलाई महत्वका साथ लिएको धारणा राखे । 

त्यस्तै दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्राडा कपिलमान श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै नेपालको बिभिन्न क्षेत्रमा लगानी प्रवर्धनका लागि भूमिका खेल्ने बताए । 

त्यस्तै दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्वाहाङ्फेले ईपीएस प्रणालीमार्फत कामदारको कोटा बृद्दिका लागि पहल गर्ने बताए । सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । सिफारिस भएका राजदूतहरुको समितिले निरन्तर सुनुवाई गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा...
शिक्षा समिति बैठक अनिश्चितकालका लागि स्थगित

शिक्षा समिति बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
इँटाभट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद दुर्लभ थापाको घोषणा

इँटाभट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद दुर्लभ थापाको घोषणा

भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२...
अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको बताएका छन् ।