नेभिगेशन
सबै कुरा

कञ्चनपुरमा भएको अति भारी वर्षाका कारण ‘तराई क्लाउडब्रष्ट’

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले गत असार २३ गते कञ्चनपुरलगायत क्षेत्रमा भएको अति भारी वर्षाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो वर्षाको प्रणालीहरुको सम्मिश्रण प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडब्रष्ट’ नामाकरण गरिएको छ ।

Global Ime Bank

विभागले जिल्लाका दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरुको स्थलगत परीक्षण गरी दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था मापदण्ड भित्रै रहेको र प्राप्त तथ्याङ्क सही रहेको उल्लेख गरेको छ ।

तथापि सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्याङ्क विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने स्थलगत परीक्षण टोलीले पेस गरेको विभागको प्रतिवेदनको सारांशमा उल्लेख छ ।

गत असार २३ गते राति २२ः०५ देखि २३ः०५ बजेसम्म एक घण्टाको अवधिमा हनुमान नगरमा एक सय दुई मिलिमीटर वर्षा मापन भएको थियो । उक्त क्षेत्रमा  सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमीवायुमा विकास भएको न्यूनचापीय प्रणालीहरुको सम्मिश्रणका कारण अत्यधिक वर्षा भएको अध्ययनबाट देखिएको विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिए।

सर्वाधिक वर्षाका कारण कञ्चनपुरका समथर भू–भागहरु डुबानमा परेको तथा विभिन्न नदीनालामा बाढी समेत आई क्षति भएको थियो । असार २५ गते बिहान ६ः१५ बजेको स्याटलाइट तस्बिरको विश्लेषण गर्दा कञ्चनपुरको करिब ९८ वर्ग किलोमिटर क्षेत्रफल ९कुल क्षेत्रफलको करिब छ प्रतिशत० भू–भाग डुबानमा परेको थियो । जसमध्ये करिब ८५ वर्ग किमी कृषियोग्य भू–भाग रहेको तथा स–साना संरचनाहरू समेत गरी करिब १४ हजार भवन प्रभावित भएका थिए ।


नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाको घटनामा तुलनात्मक रुपमा कम क्षति भएको विवरणहरु स्थलगत भ्रमणका क्रममा गरिएका अन्तरक्रिया तथा अन्य स्रोतबाट प्राप्त भएको छ । यसरी क्षति न्यूनीकरण हुनुमा विभागबाट समयमै प्रवाह गरिएको विशेष बुलेटिनहरु, प्रभावमा आधारित मौसम पूर्वानुमान, ‘मास एसएमएस’ सेवा तथा सो अनुरुप पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धारको प्रमुख भूमिका रहेको प्रतिवेदनको निष्कर्ष छ ।


जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरु बढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वानुमान तथा पूर्वतयारीलगायतका उपरोक्त क्षेत्रहरुमा लगानी बढाउँदै जानु आवश्यक रहेको प्रतिवदेनको सुझाव छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमसिसीका योजना बन्द नगर्ने अमेरिकाको निर्णय, नेपालद्वारा स्वागत

एमसिसीका योजना बन्द नगर्ने अमेरिकाको निर्णय, नेपालद्वारा स्वागत

अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल)...
झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू आक्रमणमा परेका हुन्।
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ ।