नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत पाएपछिका तस्विरहरु

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाईको विश्वास प्राप्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले दुई तिहाइ सांसदको समर्थन प्राप्त गरेका हुन् । 

प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये १ सय ८८ सांसदले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिएका थिए भने विपक्षमा ७४ मत परेको छ ।

त्यस्तै नेमकिपाले तटस्थ मत दिएको थियो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्राप्त गरेको मत सदनको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव पारित भएको घोषणा गरेका छन् । 

प्रधानमन्त्रीलाई कांग्रेस, एमालेका साथै जसपा नेपाल, जसपा , जनमत पार्टी, लोसपा लगायतका दलले साथ दिएका छन् । त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले बिपक्षमा मत दिएका हुन् । प्रधानमन्त्रीका रुपमा चौथो पटक विश्वासको मत पाएपछि सांसदहरुले उनलाई फुल माला र खादाले बधाई दिएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...

भर्खरै