नेभिगेशन
सबै कुरा

नेपाल स्काउट समयसापेक्ष रुपान्तरण हुनुपर्छः मन्त्री श्रेष्ठ

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समयसापेक्ष रुपान्तरण हुनुपर्ने बताएका छन् । 

स्काउटको ७३ औँ स्थापना दिवसको सन्र्दभमा आज यहाँका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा बढाउन ‘डिजिटल स्काउटिङ’ बनाउनुपर्ने सुझाव दिए । प्रमुख स्काउटसमेत रहेका मन्त्री श्रेष्ठले परिवर्तन आत्मसात् गर्दै स्काउटको मूल्यमान्यता भने यथावत राख्नुपर्ने बताए ।

समाजमा निःस्वार्थ भावना राखेर सहयोग पु¥याउँदै आएको स्काउटको महत्व अपरिहार्य रहेको उनले सुनाए। “स्काउटको मूल्यमान्यता नै निःस्वार्थ सेवा हो, जुन अहिलेसम्म स्काउटले जीवित राख्दै आएको छ”, मन्त्री श्रेष्ठले भने ।

समयको मागअनुसार स्काउटले अब गर्नुपर्ने महत्वपूर्ण विषय भनेको ‘प्रकृतिसँग नजिक’, र ‘प्रकृतिको संरक्षण’ जस्ता मुद्दा पनि रहेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले स्काउटमार्फत समाजमा रहेका विकृति, विसंगती हटाउन, विपद् व्यवस्थापन गर्न र सभ्य समाज निमार्णका लागि आवश्यक जनशक्ति उत्पादनमा सहयोग पु¥याउँदै आएकामा प्रशंसा गरे । यद्यपि सरकारले लिएको दिगो विकासको लक्ष्य प्राप्तिमा स्काउट सहयोगी बन्न जरुरी रहेको उनको सुझाव थियो ।

मन्त्री श्रेष्ठले अब छिट्टै नै राष्ट्रिय परिषद्को बैठक बसेर स्काउटमा युवा परिचालन सशक्त बनाउने योजनामा छलफल चलाउने जानकारी दिए । उनले भने, “सरकारको बजेटमा एक लाख युवा परिचालन गर्ने भनेर करिब रु दुई अर्ब बजेट व्यवस्था गरिएको छ, स्काउटका युवाको नेतृत्व विकासका लागि आवश्यक छलफल गरेर कार्ययोजना बनाउँछौँ ।”

कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले स्काउटको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले सरकारले अनुदानमा दिएको रु सात करोडमध्ये चालु आवमा करिब ७० प्रतिशत रकम खर्च भइसकेको जानकारी दिए । उनले सातवटै प्रदेशमा स्काउटका गतिविधिको प्रतिवेदनसमेत मन्त्री श्रेष्ठसमक्ष बुझाएका थिए ।

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले युवा तथा बालबालिकालाई अनुशासित बनाउने, सभ्य समाज, युवा नेतृत्वको विकास, अन्तर्राष्ट्रियस्तरमा नेपाली छवि उजिल्याउनेलगायत कार्यमा स्काउटले अहम् भूमिका खेल्दै आएको बताए। उनले सङ्घीय संरचनाअनुसार स्थानीय तहमा समिति गठन गर्न थालिएको पनि जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको आजको बैठकमा दुई विधेयक पेस

प्रतिनिधिसभाको आजको बैठकमा दुई विधेयक पेस

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत कार्यभार सम्हालेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गरे ।
काठमाडौँ महानगरको १७ औँ नगर सभा सुरु (LIVE)

काठमाडौँ महानगरको १७ औँ नगर सभा सुरु (LIVE)

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । अहिले मेयर बालेन शाहले सोही बमोजिमको निती...
माओवादीको प्रश्नः मन्त्रीको घुसको डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ?

माओवादीको प्रश्नः मन्त्रीको घुसको डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ?

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले यसरी पटक पटक अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । ‘मन्त्रीहरुका घुसका डील बाहिरिएपछि...
सुमनाको संसदमा प्रश्न : अडियोमा भनिएका बा को हुन्, सम्बन्धीत ठाउँ कहाँ हो, कसको ठाउँ हो ?

सुमनाको संसदमा प्रश्न : अडियोमा भनिएका बा को हुन्, सम्बन्धीत ठाउँ कहाँ हो, कसको ठाउँ हो ?

श्रेष्ठले थप भनिन्, 'सम्बन्धीत ठाउँ भनेको कुन ठाउँ हो, कसको ठाउँ हो ? अडियोमा भनिएका बा को हुन् ? दुई तिहाई भनेको मिलिजुली भाग खानलाई हो, कसको प्रसय,...

भर्खरै