नेभिगेशन
सबै कुरा

५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका युधिर

पोखरा। मुखमा विरोध स्वरुप लगाइएको कालो मास्क, शिरमा सगरमाथा झै ठडिएको ढाका टोपी, अशक्त शरीरलाई आड दिन फलामे बैसाखी स्वरूपका दुई लठ्ठी, गर्मीले असिनपसिन अनुहार।

मङ्गलबार पोखराको अमरसिंह चोकदेखि पृथ्वीचोकतर्फ बढिरहेको लामो ताँतीको बीच भागमा भेटिएका एक अधबैँसे युवक हुन् झापाका युधिर बस्नेत। 


सरकारले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि देशभरबाट पार्टी समर्थक, रवि लामिछाने समर्थक र स्वतन्त्र युवाहरू सरकारको विरोध गर्न पोखरा पुगेका छन्।

दैनिक हजारौँको सङ्ख्यामा उत्रिएका युवाहरूको भिडमा छन् झापाका युधिर। अशक्त शरीर बोकेर राज्यले रवि लामिछानेप्रति प्रतिसोध साँधेको भन्दै उनी झापादेखि आन्दोलनकै लागि पोखरा आए ।  

देशको सुदूर पूर्वबाट मध्यभागमा रहेको पोखरामा करिब ५ सय ८० किलोमिटर बढी यात्रा पार गरेर पोखरा आएका बस्नेत मङ्गलबार करिब ४ घण्टासम्म पैदल गरेर सरकारको विरोध कार्यक्रममा सहभागी भए । असिनपसिन अवस्थामा भेटिएका उनले आफू न्यायका लागि पोखरा आएको बताए । 

‘म न्यायका लागि पोखरा आएको हुँ,’ बस्नेतले भने, ‘यो देशमा अराजकता बढ्यो,सुशासन भएन, हामी जनताले न्याय पाएनौँ । यो प्रतिशोधपूर्ण भयो भनेर आएको ।’

यतिबेला देशमा २ तिहाइको सरकार भए पनि सरकारले भ्रष्टाचार रोक्न असफल भएको तर भ्रष्टहरूलाई बचाउन रविलाई पक्राउ गरेर थुनामा राखेको उनको बुझाई छ ।

‘ठिक छ रवि लामिछानेले सहकारी ठगेका रहेछन् भने उनलाई पनि कारबाही गर्नुपर्छ तर त्यो भन्दा ठूलाठूला भ्रष्टाचार गर्नेहरूलाई सरकारले किन केही गरेन रु’ उनले प्रश्न गरे,‘अरु पनि पक्राउ गर्न पर्यो। सरकारी ओहोदामा बस्ने कर्मचारी, सरकारमा आसीन नेताहरूले भ्रष्टाचार गर्दा रमिते बन्ने अनि रवि लामिछानेलाई चाहिँ जबरजस्ती पक्राउ गर्ने ? यो सिधै प्रतिसोध भएन ?’ यो त हामीले तिरेको करको दुरुपयोग भयो ।'

अशक्त शरीर बोकेर यति लामो दूरीबाट आएर यति धेरै पैदल यात्रा गरिरहनुभएको छ, कहिलेसम्म लड्ने ? भन्ने हाम्रो प्रश्नमा उनले  भने 'सरकार लँगडो भएर आफ्नो लँगडो शरीरले दुख पाएको हाे । म त लँगडो भएको लामो समय भयो । शरीरलाई सहने बानी परिसक्यो । तर, सरकार लँगडो भयो अहिले मसँगै ३ करोड जनता पनि यस्तै हुन्छन् । सरकारलाई म जस्तो नबन भन्न पनि म आफ्नो शरीरलाई दुख दिनुपर्यो नि,’ उनले मलिन र सानो स्वरमा हामीसँग आक्रोश मिश्रित दुखेसो पोखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान: थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान: थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन् ।
माओवादीको प्रश्नः मन्त्रीको घुसको डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ?

माओवादीको प्रश्नः मन्त्रीको घुसको डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ?

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले यसरी पटक पटक अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । ‘मन्त्रीहरुका घुसका डील बाहिरिएपछि...
सुमनाको संसदमा प्रश्न : अडियोमा भनिएका बा को हुन्, सम्बन्धीत ठाउँ कहाँ हो, कसको ठाउँ हो ?

सुमनाको संसदमा प्रश्न : अडियोमा भनिएका बा को हुन्, सम्बन्धीत ठाउँ कहाँ हो, कसको ठाउँ हो ?

श्रेष्ठले थप भनिन्, 'सम्बन्धीत ठाउँ भनेको कुन ठाउँ हो, कसको ठाउँ हो ? अडियोमा भनिएका बा को हुन् ? दुई तिहाई भनेको मिलिजुली भाग खानलाई हो, कसको प्रसय,...
स्पेनको सेभिया केसले भिजिट भिसा प्रकरणमा हाम्रो अडानको औचित्य पुष्टि भएको छः रास्वपा

स्पेनको सेभिया केसले भिजिट भिसा प्रकरणमा हाम्रो अडानको औचित्य पुष्टि भएको छः रास्वपा

‘हामीले उठाउँदै आएको विषय स्पेनको सेभियाको केसले झन् पुष्टि भएको छ । कति महत्वपुर्ण, सान्दर्भिक र ओचित्यपूर्ण छ भनेर । सबैभन्दा दुखको कुराचाहीँ सदनमा यत्रो आन्दोलन हुँदा पनि...

भर्खरै