नेभिगेशन
सबै कुरा

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो  सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो ।

विसं २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव दुई प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४ दशमलव दुई प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई रु १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ वैशाख मसान्तसम्ममा १३ दशमलव आठ प्रतिशतले वृद्घि भई रु दुई खर्ब २० अर्ब ३८ करोड कायम भएको छ । गत बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार  चालु आर्थिक वर्षको दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

गत वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४ प्रतिशत बराबर छ । त्यस्तै, कुल आयातसँगको अनुपात एक सय पाँच दशमलव तीन र विस्तृत मुद्राप्रदायसँगको अनुपात २९ दशमलव दुई प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा आयात दुई दशमलव चार, निर्यात तीन दशमलव छ र कुल वस्तु व्यापार घाटा दुई दशमलव तीन प्रतिशतले घटेकोछ ।

गत वैशाख मसान्तसम्ममा नेपाल सरकारको खर्च रु १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन रु आठ खर्ब ३१ अर्ब ९३ करोड रहेको छ । यो अवधिसम्मको विस्तृत मुद्राप्रदाय आठ दशमलव एक प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव चार प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१९औं वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले ‘गरिमा रोड रेस’ आयोजना गर्ने, कति छ पुरस्कार ?

१९औं वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले ‘गरिमा रोड रेस’ आयोजना गर्ने, कति छ पुरस्कार ?

करिब १,००० जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही रु.५०,००० र कर्पोरेट र भेट्रान तर्फ जनही रु.३०,०००...
बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८  करोड बराबरको बीमा दावी

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८  करोड बराबरको बीमा दावी

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी...
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए...