नेभिगेशन
सबै कुरा

युएईको बाढीमा परी एक नेपालीको मृत्यू

काठमाडाैँ । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपालीको मृत्यू भएको छ । आबुधाबीस्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यू भएको हो । 

भिजिट भिसामा युएई पुगेका पुन युएईको शारजाहबाट अजमान जाने पुल नजिक बाढीमा परेको दुतावासले  जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ । 

युएईमा दुई दिनदेखिको लगातारको वर्षाले बाढी आएको छ । बाढीका कारण युएईका सरकारी कार्यालय बन्द रहेको दुतावासले जानकारी दिएको छ । सरकारी कार्यालय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्