नेभिगेशन
सबै कुरा
भेप प्रकरण

महरा बाबुछाेरामाथि अनुसन्धान थाल्न सरकारी वकिलकाे प्रहरीलाई निर्देशन

११ भदाै, काठमाडाै‌ । विद्युतिय चुरोट भेपमा लुकाएर ल्याईएको ९ किलो सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरामाथि पनि अनुसन्धान हुने भएको छ । 

संलग्न सबैमाथि अनुसन्धान कायम राख्ने निर्णय पहिले नै भएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि पोखरेलले जानकारी दिए । उनले भने ‘अगाडि मुद्दा लैजादा नै दफा ३५ बमोजिम खुलिआएको र थप अनुसन्धान गर्नुपर्ने व्यहोरा स्पष्ट पारेका छौँ ।’

City Express


२०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने दाओजिङ वाङसँग कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले राहुल महरालाई योजनाकार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । तर सरकारकी वकिलको कार्यालयले योजनकार किटान गरिएपनि बयान नलिएको कारण थप अनुसन्धान गर्र्नुपर्ने बताएको छ । 

सीआईबीकाे अनुसन्धानले सुन आयातकर्ता मध्ये कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरा भएको देखाएपनि उनीहरुसँग सामान्य सोधपुछ पनि भएको छैन । 

तर केही दिनअघि ६० किलो सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने विषयमा दलहरुबिच भएको दुई बुँदे सहमतिमा यो प्ररकणमा पनि अनुसन्धान हुने उल्लेख गरिएको छ ।  

तस्करी गरेर ल्याउँदै गरेको सुन विमानस्थल भन्सार बाट चोरेर ९ करोडमा विक्री गर्ने ६ जना भने कारागार चलान भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।