नेभिगेशन
सबै कुरा

गिरिबन्धु प्रकरणबारे ओलीले भने, ‘मैले त्यसबाट कुनै लाभ पनि लिनु छैन, गलत छ भने ऐन खारेज गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेट प्रकरणकमा अदालतले नीतिगत भ्रष्टाचार नभनेको दावी गरेका छन् । विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले सो बारे जवाफ दिएका हुन् । 

उनले यसअघि पनि अन्य ठाउँमा सट्टापट्टा हुने गरेको उदाहरण दिदै भने, ‘त्यै गिरिबन्धु टी स्टेट पनि सट्टा पट्टा भएको छ । बेचबिखन भएको छ । कानुनबिना नहोस्, कानुनसममत ढंगले होस् । त्यसका सर्तहरु पुरा होउन् । सुर्तअनुसार होस् भनेर त्यसबेला कानुन बनाउनुपर्यो । कसैलाई गिरिबन्धु टी स्टेटको नाममा अफवाह फैलाउने कुनै आफ्नाे अभ्यासलाई निरन्तरता दिनु छ भने त्यो बेग्लै कुरा होला । तर यो जरुरी छैन भन्ने ठान्छु । अनी गिरिबन्धु टी स्टेटको मुद्दा अदालतमा गएन र ? अदालतमा गएर फैसला भएन र ? फैसला भयो त गिरिबन्धु टी स्टेटको । बेचबिखन भएको छैन, सट्टापट्टा भएको छैन, हुनेभन्दा अगाडि यस्तो यस्तो गर्नु भनेर सर्त राखिया थ्यो त्यो सर्तलाई अदालतले अहिलेलाई रोक्द्यो । यो कार्यान्वयन नगर्नु भनेर ।’ 

Global Ime Bank

त्यस्तै उनले कानुनम ासंसोधन आवश्यक भए गर्न सकिने बताएका छन् । उनले त्यसबाट कुनै लिनु नभएको समेत बताएका छन् । ‘त्यो ऐन त जिवित छ त । त्यो ऐन खारेज गर्नुपर्छ भने गरौँ न । निमावली छ, जिवित छ नियमावली, गलत छ भने खारेज गरौँ । मेरो निजी सम्पत्ति होइन । मैले त्यसबाट कुनै लाभ पनि लिनु छैन । थु्प्रै मानिसहरुको समस्या होला । त्यसलाई सहजीकरण गर्नु छ भने बेग्लै कुरा होला । म प्रधानमन्त्री हुँदा कानुन बन्यो, कानुन बिना कारोबार हुने गरेको थ्यो, कानुन बन्यो । त्यसअनुसार कारबाही भएको छैन । अनी यो होहल्ला के का लागि होहल्ला ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमसिसीका योजना बन्द नगर्ने अमेरिकाको निर्णय, नेपालद्वारा स्वागत

एमसिसीका योजना बन्द नगर्ने अमेरिकाको निर्णय, नेपालद्वारा स्वागत

अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल)...
झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू आक्रमणमा परेका हुन्।
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ ।