काठमाडौँ । गायिका विष्णु माझीको गीत आइनँ आमा यो तीजमाले ९ दिनमा १ करोड बढी दर्शक पाएको छ । आइनँ आमा यो तीजमा भन्ने गीत यो वर्ष करोड क्लवमा पुग्ने पहिलो तीज गीत बनेको छ । वास्तविक तीज गीत भनेर चर्चा बटुलिरहेको यो गित सार्वजनिक भएको दिनमै १५ लाख पटक हेरिएको थियो । १ करोड दर्शक पाएका गीतमा २४ हजार बढीले प्रतिक्रिया दिएका छन् भने २ लाख ९१ हजारले लाइक गरेका छन् ।
विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको यो गीतलाई पुलतीको भट्टी भाग २० भनिएको छ । यो गीतको एरेन्ज आशिष अविरलले गरेका हुन् ।