नेभिगेशन
सबै कुरा

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरोे हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।

डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला–ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताए । यहाँ पहिरो रोकथामका लागि सङ्घीय सरकारको  १६ करोड ४८ लाख लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उनले बताए । 

६५ किलोमिटर रहेको यस सडकखण्ड हुँदै बेँसीसहर, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आपूर्तिकर्तासंग सात लाख थान विधुतीय राहदानी खरिद गर्ने सरकारको निर्णय

आपूर्तिकर्तासंग सात लाख थान विधुतीय राहदानी खरिद गर्ने सरकारको निर्णय

हदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई...
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने...
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

अहिले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए । उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको रु ५५...
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले मङ्सिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको...