रविको पक्षमा बहस गर्दै दुई पूर्व महान्यायाधिवक्ताले भने  'रविलाई थुनामा राख्ने आदेश दिनु अनर्थ हुनेछ'

सिधाकुरा

पाेखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘माथिको आदेश’मा प्रचलित कार्यविधि र प्रक्रियासमेत मिचेर हतारमा मुद्दा चलाइएको आवाज इजलासमै उठेको छ। 

कास्की जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा सोमबार लामिछानेका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले पुरक अभियोग लगाउन जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयसित राय लिनुपर्ने भएपनि यो मुद्दामा यसो नगरिनु राजनीतिक प्रतिशोध भएको तर्क गरे। 

त्यसैगरी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले माथिको आदेशका कारण प्रचलित कार्यविधि समेत पालना नगरी उच्च सरकारी वकिलको कार्यालयको राय नलिएकोले मुद्दा बदनियतपूर्ण रुपमा ल्याइएको पुष्टि हुने बताए।

पन्तले असोज ६ गते छविलाल जोशीलाई पक्राउ गरेपछि त्यसको ९० दिन (पुस ५) भित्र  मुद्दा बुझाउनुपर्ने भएपनि ९० दिन कटेर पुस ७ गते बल्ल मुद्दा दायर गर्नु पनि बदनियत भएको व्याख्या गरे। 

रवि लामिछाने र उनको नयाँ दलप्रति पुराना शक्तिहरुले थ्रेट फिल गरेका कारण सहकारीमा संलग्न नै नभएकालाई मुद्दा लगाइएको पन्तले बताए। 

‘पहिलो अभियोग पत्रमा जे जति प्रमाण थिए, दोस्रो र तेस्रोमा त्यो भन्दा बढी फ्याक्ट केही छैन। यसअघि नै अभिलेख भइसकेको दस्तावेजका आधारमा नयाँ नयाँ मुद्दा सिर्जना गरियो तर नयाँ मुद्दाका लागि चाहिने नयाँ तथ्य, नयाँ प्रमाण केही छैनन्’, उनले भने, ‘पुर्पक्षका लागि थुनामा राख्न तत्काल प्राप्त प्रमाणले कसुरदार देखिनु पर्यो, प्रमाण नभए विश्वास र मनासिब आधार देखिन पर्यो नभए तारिखमा छोड्नु पर्यो। मुद्दा लगाउनु पर्ने आधार नै नभएकोले  थुनामा राख्ने नराख्ने भन्ने बहस नै गर्नुपरेन।’

सहकारीबाट रकम ल्याएर सबै पैसा मासे, खाएको भनिएपनि गोर्खा मिडिया र सूर्यदर्शन सहकारीबीच ३० करोड लगानी गर्ने सहमति नै भएको कागज प्रस्तुत गर्दै पन्तले गोर्खा मिडियामा भएको ४४ करोडको सम्पति बेचेर पीडितलाई दिने प्रयास किन गरिएन भन्ने प्रश्न राखे। 

उनले सबै गोर्खा मिडियाको सबै आर्थिक कारोबार जीबी ग्रुप अफ कम्पनीजबाट नियन्त्रित हुन्थ्यो भन्ने बयान धेरैको भएको तथ्य सम्झाउँदै रवि र गोर्खा मिडियाबीच भएको सम्झौतामा रविको जिम्मा न्युज र प्रोडक्सनसम्बन्धी मात्र हुने र जनशक्ति व्यवस्थापन पनि न्युज र प्रोडक्सनको मात्रै हुने लेखिएको तथ्य प्रस्तुत गरे। 

ऋणको किस्ता तिर्न रविले चेक काटेको भनिएकोमा २१ चेकमध्ये ६ वटा मात्र उनी त्यहाँ कार्यरत हुँदाको बाँकी उनी आउनुभन्दा अघि र कम्पनी छाडिसकेपछिको भएको नयाँ तथ्य खोल्दै उनले अभियोग पत्रमा आफू अनुकूल हुने मितिलाई विक्रम संवतमा र अनुकूल नहुनेलाई इस्वी संवतमा राखिएको खुलासा गर्दै यसलाई पनि बदनियतको व्याख्या गरे।

इजलासमा उनले आफूले सबै मितिलाई नेपालीमा परिवर्तन गरेर भिडाएर हेरेको भन्दै त्यसको प्रति पनि बुझाए।  

सूर्यदर्शन सहकारीबाट ३ करोड चानचुन रकम आएको भनेर दावी गरिए पनि सम्पति शुद्धिकरणमा चाहिँ २७ करोड बिगो कायम गरिएकोमा आपत्ति जनाउँदै उनले भने, ‘७ लाख बचत हुनेलाई २७ करोड बिगो कसरी भयो रु’

बैँक स्टेटमेन्टमा भएका कारोबारलाई मात्र आधार बनाउँदा यसो भएको भन्दै अभियोजन पक्षले कति सम्पति बढे बढाएको भन्ने बारे छानबिन नै नगरेकोमा पनि पन्तले प्रश्न उठाए। 

'दुषित मनसाय देखियो'

त्यसैगरी लामिछानेका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले रविलाई मुद्दामाथि मुद्दा लगाउने दूषित मनसाय देखिएको बताए। 

‘सर्वोच्च अदालतले दुर्गा प्रसाइँको केसमा दूषित मनसाय देखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो, यो मुद्दामा पनि नियत कलुषित छ', उनले भने।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहकारी छानबिन विशेष समितिका संयोजक सूर्य थापा, प्रहरी महानिरीक्षक वसन्त कुँवर लगायतले रवि लामिछाने सहकारी ठगीमा संलग्न नरहेको बताएको भिडियो पनि उनले इजलासमा ल्यापटपबाट देखाए। 

श्रेष्ठका अनुसार जीबी राई विगतबाटै अपचलनमा संलग्न रहेको देखिन्छ। 'रविले जीबीलाई सिकायो भन्ने तर्क गलत हो। जीबीले रविका कारण टिभी खोलेको प्रमाण छैन' उनले भने।

श्रेष्ठले अभियोजन पक्षले संगठित अपराध र सामूहिक अपराधको फरक छुट्याउन नसकेको आरोप लगाए। उनले रविलाई थुनामा राख्न कुनै आधार नरहेको स्पष्ट पारे। 'चल्दै नचल्ने मुद्दा राज्यले चलाइसक्यो। अब थुनामा राख्ने बहस गर्नु र आदेश दिनु अनर्थ हुनेछ। उनलाई आवश्यक परेका बेला बोलाउने गरी छाड्नुपर्छ,' श्रेष्ठले जोड दिए।

त्यसैगरी अर्का अधिवक्ता सुरेन्द्र थापाले सूर्यदर्शन सहकारीका ६४१ जना ऋणी भए पनि त्यो ऋण असुलीको प्रक्रिया किन सुरु नगरिएको भन्दै प्रश्न राखे।  लामिछानेको पक्षमा बहस गर्नेहरु अझै बाँकी रहेकोले मंगलबार पनि यो क्रम जारी रहनेछ। 

प्रतिक्रिया

  • 🔇 Reminder- TRANSFER 1.8245 bitcoin. Receive => https://telegra.ph/Message--2868-12-25?hs=574ea9e0a09724c0b69dcfcea7c13633& 🔇 2 months ago
    7zzvcd
  • 🖱 You have 1 email # 996. Open > https://telegra.ph/Message--2868-12-25?hs=574ea9e0a09724c0b69dcfcea7c13633& 🖱 1 months ago
    uae352

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||