पेट्रोलियम पदार्थकाे कृत्रिम अभाव : उपभोक्ता लाइनमा, निगमलाई हाइसञ्चो

सिधाकुरा

काठमाडौँ । काठमाडौं उपत्यकासहित देशैभर आइतबारबाट पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराइएको छ । इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरूले विभिन्न माग राख्दै वितरण प्रणाली अवरुद्ध पारेपछि अहिले पेट्रोल पम्पहरूमा इन्धन नभएको बोर्ड झुन्डिएका छन् ।

व्यापारीहरुसँग करारमा नियुक्त गरेको ट्याङ्करका चालकको आन्दोलनमा आयल निगमले बेलैमा हस्तक्षेप गर्न नसक्दा इन्धन जस्तो अत्यावश्यक सेवाको आपूर्ति अवरुद्ध भएको छ ।   



इन्धन भर्न पम्पसम्म पुगेका उपभोक्ताहरू रित्तै फर्काइएका छन् । केही पम्पहरूले आफूसँग भएको डिजेल, पेट्रोल बिक्री गरेका छन् जहाँ उपभोक्ताको लामो लाइन लागेको छ ।  आइतबार दिउँसो र साँझ इन्धन अभावबारे सिधाकुराको टोली शहरका विभिन्न ठाउँहरूमा पुग्दा अधिकांश पम्पहरू बन्द अवस्था भेटीए । 

बन्द पम्पका कारण सेवाग्राही रित्तो हात फर्किए भने अलि अलि तेल दिइराखेका पम्पहरूमा उपभोक्ताको लामो लाइन देखियो । टेकुको कनक पम्पमा इन्धन नभएको भन्दै बोर्ड झुण्याइएको थियो । दिउँसैदेखि सो पम्पमा तेल भर्न पुगेका सेवाग्राही रित्तो हात फर्काइएका थिए ।

 

नयाँ बजारको नेवा ट्रेडमा तेल भर्न उपभोक्ताहरू लामो लाइनमा थिए । पम्प सञ्चालकका अनुसार अघिल्लो दिन नै किनेको तेल नसकिने बेलासम्म उपभोक्तालाई बिक्री गरिएको हो । पम्पमा लाइन लागेका उपभोक्ताहरू किन इन्धनका लागि लाइन लाग्नु पर्यो भन्नेसम्ममा अनविज्ञ देखिए ।  

यता नेपाल प्रहरीको नक्साल र सामाखुसीको पम्ममा इन्धन भर्न आइतबार साँझ लामो लाइन लाग्यो । सशस्त्र प्रहरीको हल्चोक  र नेपाली सेनाको रिपु मर्दिनी पम्पमा पनि इन्धन भर्नेको लाइन लाग्यो । अन्त कतै इन्धन नपाएर हैरान भएका उपभोक्ता त नेपाल प्रहरीको नक्सालको पम्पमा मध्य रातसम्म पनि बसिरहेका छन् ।

बजारमा इन्धनको अभावमा उपभोक्ता हैरानी ब्यहोरी रहँदा नेपाल आयल निगम भने हाइसन्चोमा बसेको छ । इन्धन अभाव किन भएको भन्ने सम्म निगमले उपभोक्तालाई औपचारिक जानकारी गराएको छैन् । निगमका कार्यकारी सम्पर्क बाहिर छन् भने तल्लो तहका कर्मचारी वार्ता भइरहेको र केही दिनमा समस्या समाधान हुने दाबी गर्छन् । 

किन भयो इन्धन अभाव

नेपाली कांग्रेस निकट पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालकहरुले केही दिनअघि देखि निगमविरुद्ध आन्दोलित भएका थिए । त्यसमा एमाले र माओवदी निकट श्रमिकहरु पनि मिसिएको निगमको दाबी छ । 

ढुवानी मजदुरहरुको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरुको सुरक्षा ग्यारेन्टी गरिनुपर्ने लगायतका माग राख्दै ट्याकंर चालकहरुले पेट्रोलियम ढुवानी नै रोकेका थिए । 

नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाकाअनुसार आफूहरुको माग पुरा गर्न निगमले चासो नदिएपछि वितरण रोकिएको हो । 

जेठ ३२ गते देखि कालोपट्टी बाँधेर काम गरेको, १ गते ट्यांकरमा को झण्डा गाडेर काम गरेको र आज बागमति प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याउने तथा वितरण नगरिएको लामाले बताए । 

‘आफूहरुको माग पुरा नहुन्जेलसम्म निगमको डिपोमा तेल नखन्याउने र पम्पहरुलाई पनि वितरण नगर्ने हाम्रो आदोलनको कार्यक्रम हो,’ अध्यक्ष लामाले भने, ‘हाम्रो माग पुरा गर्न निगम र मन्त्रालयले चासो नै नदेखाएका कारण हड्तालमा उत्रिन परेको हो ।’

आफ्नो सात बुँदे माग पुरा नगरेसम्म ढुवानी सुचारु नगर्ने उनीहरुको दाबी छ । चालकहरुको हड्तालका कारण थानकोटा डिपोबाट इन्धनको वितरण नै प्रभावित भएको छ । करिब ३ सय ढुवानीका ट्यांकर डिपोअघि तेर्स्याएर उनीहरु आन्दोलनमा छन् । 


श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नविकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् ।

निगमलाई हाइसञ्चो 

नेपाल आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिक भट्ट छन् । नेपाली कांग्रेका कर्मचारी नेता समेत रहेका भट्ट यस अघिको कांग्रेस सम्मिलित गठबन्धनमा आरजु देउवाको कोटाबाट निगमको कार्यकारी बनेका हुन् । 

संयोग वा नियोजित उनै भट्ट सर्मथित पार्टीको ट्यांकर ढुवानी गर्ने चालहरुले आइतबारबाट इन्धनको आपूर्ति ठप्प पारेका छन् । तर, भट्टले आपूर्ति सहज बनाउन कुनै पहल गरेका छैनन् । आइतबार आपूर्ति रोकिएर इन्धन हाहाकार भएपछि उनले निगमबाट बार्ताका लागि कनिष्ट कर्मचारी खटाएका छन् । 

निर्णय गर्न नसक्ने तहमा रहेका कर्मचारीसँग बार्ता नहुने भन्दै मजदुर चालकहरुँग भएको आइतबा दिउँसको बार्ता बिना निश्कर्ष टुंगिएको छ ।

‘निर्णय गर्न नसक्ने कर्मचारी पठाएर आफू पन्छिने कार्यकारीले निगम चलाउन सक्दैन । उनी हाम्रो माग र बजारमा आपूर्ति सहज बनाउने कुरामा गम्भीर छैनन्,’ आन्दोलनकारी श्रमिक संगठनका एक नेताले सिधाकुरासँग भने, ‘यस अघि पनि पटक पटक माग औपचारिक ढंगबाट राखेकै हौँ तर सुनेनन्, गंभिर भएनन् ।’

ति नेताका अनुसार आइतबार थानकोट डिपोमा निगमका वितरण विभागका केही अधिकारीसँग बार्ता भए पनि उनीहरुले केही गर्न नसक्ने भएका कारण कुनै समझदारी नभएको हो । 

दिनभर उपभोक्ता इन्धन नपाएर हैरानी खेपेको विषयमा जिज्ञासा राख्न प्रयास गर्दा निगमका कार्यकारी निर्देशक भट्ट सम्पर्कमा आएनन् । निगमका प्रवक्ता मनोज ठाकुरले भने बार्ता भइरहेको र भोली बिहानसम्म निष्कर्ष  निस्कने दाबी गरे । इन्धन अभाव हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पम्पलाई यथेष्ट मात्रामा इन्धन उपलब्ध गराई रहेको उनको दाबी छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....