नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौंमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । युवाहरुलाई नेपालमै केही गर्न सकिन्छ भन्ने साेच सर्जना गर्न यस्ताे कार्यक्रम गर्न लागिएकाे नेक्सजेन म्यानेजमेन्टले जनाएकाे छ ।
नयाँ वर्ष २०८१ को उपलक्ष्यमा वानेश्वर स्थित आनन्द भुमि बिजनेस सेन्टरमा हुने कार्यक्रममा देशमै सानो पूँजीमा गर्न सकिने थुप्रै कामहरू रहेकोबारे जानकारी दिइने छ ।
नेक्सजेनका अनुसार सरकारी निकायको झै झमेला तथा बैंक बित्तिय संस्थाबाट सहि सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन । त्यसैले सिप, जाँगर र चाहना हुँदा हुँदै पनि वाध्य भएर युवाहरूको रोजाई विदेश हुन गइरहेको छ ।
यस्तो प्रतिकुल अवस्थामा युवाहरूलाई प्रेरित गर्न र उध्योग ब्यवशाय गर्ने वातावरण बनाउने गरि नेक्सजेनले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको जानाएको छ। भेलामा युवाहरूको ब्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा संभाव्य देखिएका परियोजनाहरू स्थापना र संचालनको लागि बैंक वित्तिय संस्थासंग समन्वय गर्ने काम गरिने जनाईएको छ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पती ब्यवस्थापन र ब्यवसायिक परामर्श दिने गरि खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र कम्पनीले सेवा प्रारम्भ गरेको हो । बैशाख ८ गतेको भेला पछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उद्यमीसँग छलफल गरि उनिहरूलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ।