नेभिगेशन
सबै कुरा

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई पदमुक्त नगरि काम गर्न दिन सर्वोच्चको आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले गण्डकीका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन आदेश दिएको हो ।

देवकोटाले ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । माओवादीले कारबाही गरेसँगै सो सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए । माओवादीको कारबाहीविरुद्ध उनी अदालत गएका थिए । 

Dish Home
Global Ime Bank

देवकोटाले आफू नेपाल समाजवादी पार्टीमा रहेको र पार्टी त्याग नगरेको भन्दै उनी अदालत गएका थिए । अदालतले समेत देवकोटालाई नेपाल समाजवादी पार्टीले कारबाही गरी निष्कासन नगरेको पाइएको भन्दै अन्तिम टुंगो नलाग्दासम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । 

२०७९ मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए । तर राजपत्रमा प्रकाशित सूचनामा देवकोटा नेपाल समाजवादी पार्टीको भएको उल्लेख गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रियुगाको बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार

त्रियुगाको बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार

नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम तहेको छ ।...
कटारी नगरपालिकाले ल्यायो  ८७ करोड बढीको बजेट

कटारी नगरपालिकाले ल्यायो  ८७ करोड बढीको बजेट

बजेट अनुसार राजस्व बाँडफाँड संघ तर्फ १८ करोड २२ लाख ६८ हजार ४ सय ३९ रुपैयाँ र प्रदेश तर्फ १ करोड ४९ लाख २४ हजार ,वित्तीय समानीकरण अनुदान...
प्रतिनिधिसभामा २ विधेयक स्वीकृत

प्रतिनिधिसभामा २ विधेयक स्वीकृत

प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत...
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षकाे बजेट पारित

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षकाे बजेट पारित

संघीय संसद्‌को प्रतिनिधिसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याइएको विनियोजन विधेयक २०८२ पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार संसदमा पेस गरेको प्रस्ताव बहुमतले पारित भएको...