काठमाडाैँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पद बहाली गरेका छन् । उनले रामशाहपथस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
नेपाली कांग्रेसका युवा नेता पौडेलले पदभारका क्रममा खादामा लगाउन अस्विकार गरेका छन् । उनले आफूले काम गरेर देखाउन नसकेसम्म खादामाला नलगाउने घोषणा समेत गरेका छन् । मन्त्रालयमा खादा र फुलमाला लिएर स्वागतमा रहेका कर्मचारीलाई मन्त्री पौडेलले खादामाला नलगाउने बताएका हुन् ।