नेभिगेशन
सबै कुरा

फाखेल–हुमाने सडक अनिश्चितकालिन बन्द

मकवानपुर । काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । 

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्