नेभिगेशन
सबै कुरा

घरेलु श्रमिक बालिका बलात्कारको अभियोग लागेका इन्स्पेक्टरलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौँ । घरेलु श्रमिक बालिका बलात्कारको अभियोग लागेका नेपाल प्रहरीका इन्स्पेक्टरलाई धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको छ ।


काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले आफ्नै घरमा काम गर्न राखेकी बालिकालाई बलात्कार गरेको अभियोगमा इन्स्पेक्टर विदुर सिवाकोटीलाई घरबाटै नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको थियो । 

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । 

यसअघि जिल्ला अदालतको आदेशअनुसार सिवाकोटी पुर्पक्षका लागि थुनामा थिए । काठमाडौंको नागार्जुन नगरपालिका– १ रानीवन घर भएका सिवाकोटीले पढाउने सर्तमा एक बालिकालाई घरमा राखेकोमा बारम्बार बलात्कार गरेको पीडित बालिकाको उजुरीपछि गत जेठमा अनुसन्धान सुरु भएको थियो । 

काठमाडौँ महानगरपालिकाको बाल कल्याण समितिले ती बालिकालाई  गत २३ जेठमा उद्धार गरेको थियो । उद्धारपछि बालिकाले आफूमाथि बलात्कार हुँदै आएको बताएकी थिइन्। सोही आधारमा प्रहरीमा जाहेरी परेको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका सिवाकोटीलाई स्वयम्भू वृत्तले पक्राउ गरी अभियोजन प्रक्रिया अघि बढाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी...
नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने होप फर्टिलिटीलाई मुद्दा नै नचलाउने निर्णय

नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने होप फर्टिलिटीलाई मुद्दा नै नचलाउने निर्णय

ति किशोरीहरुको आर्थिक अवस्था त्यति राम्रो छैन । उनीहरु अहिले काठमाडौँमा कक्षा १२ मा पढ्दै छन् । काँचो उमेरमा पैसाकै प्रलोभनका कारण उनले त्यस्तो डिजिसन लिएको हुनसक्ने एक...
सर्वोच्च अदालत सोमबारदेखि पूर्ण रूपमा सञ्चालन

सर्वोच्च अदालत सोमबारदेखि पूर्ण रूपमा सञ्चालन

सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित...
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्डको सजाय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्डको सजाय

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ९आइसिटी–१० ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।