ममाथि पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायाङ्कन भइरहेको छ श्रीमान : रवि लामिछाने

सिधाकुरा

काठमाडाैँ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि सरकारले स्कृष्ट नै तयार पारेर दुख दिएको बताएका छन् । बिहिबार सातौँ पटक म्याद थपका लागि कास्की प्रहरीले अदालत लगेका लामिछानेले आफूलाई दुःख दिने मनशायले मात्रै सरकारले स्कृष्ट नै बनाएको र सोहीअनुसार जिल्लाजिल्ला घुमाएर दुःख दिएको बताएका हुन् । यस्तो छ लामिछानेले कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा राखेको धारणाको सम्पादित अंशः


म धेरै समय लिन्न श्रीमान।

म अहिलेसम्म एकदिन पनि अस्पताल बसेको छैन, स्वस्थ नै मान्छे हुँ। पछिल्लो समय नियतबस सिर्जना गरिएको परिस्थिमा मलाई कसरी च्याप्न खोजियो त्यसको सिलसिला जोड्न चाहान्छु।

फिल्मको ‘स्कृप्ट’ भन्छन् नि श्रीमान, जुन पहिल्यै तयार गरिन्छ र त्यसैअनुसार छायांकन गरिन्छ। मेरो हकमा अदालतको प्रकृयाबाहेक पहिल्यै लेखिएको ‘स्कृप्ट’ अहिले छायांकन भइरहेको छ।

संसदीय छानिबन विशेष समितिको प्रतिवेदनमा टेकेर मविरुद्ध अनुसन्धान गरिएको हो भनिएको छ। जबकी, समितिको प्रतिवेदनको पृष्ठ ४४९ मा सहकारीको बचत अपचलनमा मेरो संलग्नता पुष्टि हुने आधार र प्रमाण पाइएन भनिएको छ। 

विशेष समितिको सभापतित्व गर्नुहुने माननीयले प्रतिवेदन आएपछि सायद कुनै मिडियालाई अन्तरवार्ता दिन छुटाउनु भएको छैन ! उहाँले हर अन्तरवार्तामा प्रतिवेदनले नभनेका कुरा दावी गर्दै ‘यो गरिन्छ–त्यो गरिन्छ’ भन्नु भयो। रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मात्र होइन अरू कसुरमा पनि अनुसन्धान हुन्छ, मुद्दा चल्छ भन्नुभयो। एउटा जिल्लामा मात्र होइन विभिन्न जिल्लामा लगिन्छु भन्नुभयो। अनुसन्धान गरेर प्रतिवेदन ल्याउने संसदीय विशेष समितिको सभापतिले नै सिर्जना गरिदिएको ‘प्लट’मा नै अहिले छायांकन भइरहेको हो कि श्रीमान ?

जे–जे भन्नुभएको थियो सबै कुरा पूरा भएर अहिले म ५६ दिनदेखि हिरासतमा छु।

सम्मानीत अदालतमा म पटक–पटक म्याद थपको सन्दर्भमा आएको छु। बहस पनि राम्रो हुन्छ। तर, अहिलेसम्म अदालत घटना साक्षी मात्रै भइरहेको त हैन भन्ने अनुभूत गरेको छु। मैले यसो भनेर अदालतप्रतिको विश्वास घटाएको होइन। उस्तै आस्था र सम्मान छ। अहिले त बच्चा–बच्चाले नै भन्न थालिसके कि रवि लामिछानेलाई दुःख दिने नियतमै यो सब भइरहेको हो। तर, अदालतले सायद त्यही कुरा बुझेन वा प्रक्रिया नै यस्तै हो !

चितवनको घटना त अत्यन्त दुखदायी भयो। त्यसपछि अझ बढि गम्भिर भएँ। मलाई एक किसिमको भय भयो षडयन्त्रको। यो हदको राजनीतिक षड्यन्त्र ...!

रवि लामिछाने बोलिरहँदा न्यायाधी पौडेलले भने– 

‘प्रहरीले अनुसन्धान गर्दै छौं भनेपछि अदालतले म्याद थपका सन्दर्भमा कानूनअनुसार गर्ने हो। तपाईं मन्त्री भइसकेको व्यक्ति कानून र प्रक्रिया बुुझ्नु भएकै छ। सामान्य व्यक्तिलाई अनुसन्धानको प्रक्रिया जसरी चल्छ त्यसरी नै ...। फरक किसिमले गर्नुपर्ने अवस्था भए गर्नु पनि पर्छ। मुख्य कुरा कानून, प्रमाण र दशीपछि अब मुद्दा आउँदा के हुन्छ, त्यो हेर्नै बाँकी छ। साक्षीको रुपमा भन्दा पनि अदालतले अनुसन्धान अगाडि बढाउनुस् भनेर कानूनअनुसार म्याद थप गर्ने हो। त्यसमा हाम्रो नियणन्त्रण तपाईंको स्वास्थ्य र मानव अधिकारका कुरामा हुन्छ।’

न्यायाधीश पौडेलको भनाइपछि सभापति लामिछानेले अगाडि भने  -

एउटा मान्छेमाथि नभएको र संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले भनेभन्दा बाहिर गएर मुद्दा लगाउन अनुसन्धान गरिएको छ। एउटा जिल्लामा नभएर विभिन्न जिल्लामा जाहेरी हाल्न लगाइएको छ। त्यसैका आधारमा बयानका लागि भनेर जिल्ला–जिल्ला घुमाइएको छ। यसलाई अदालतले ‘नोटिस’मा लिएको त होला नि भनेजस्तो लाग्छ। तर, जब म्याद थपिन्छ अनि ...!

मैले अघि भनें नि, यो कथामा संभवत मध्यान्तरसम्म जे–जे भनियो त्यही–त्यही गरियो। मध्यान्तरपछि पनि भनेअनुसार नै गर्छौं भन्दैछन। संसारभर पीडितले पीडकलाई ‘सी यू इन कोर्ट’ भन्छन। तर, नेपालमा चाहिँ योजनकार वा पीडकले ‘अदालतमा त आइजो अनि देखाउँछु’ भन्छन। मेरो हकमा पनि यस्तै भइरहेको भनिएको छ, भइरहेको छ। यहाँबाट यहाँ पुग्छौं अनि अदालतमा हामी हेर्छौं भनिएको छ। यो कथाको लेखक जसले मध्यान्तरसम्म लेखेका सबै कुरा पु¥याएको छ। ठाउँठाउँमा उजुरी पर्छ। अनुसन्धान हुन्छ। बयान गराइन्छ। जिल्ला घुमाइन्छ। यति दिन थुनिन्छ। संसदीय छानबिन समितिका सभापति मात्र होइन सरकारमा रहेर जसले सार्वजनिक रुपमा जे–जे हुन्छ/गरिन्छ भनेका थिए तिनीहरुले सबै पु¥याएका छन् श्रीमान।

अनुसन्धानका क्रममा बिरामीको बहाना बनाएर अस्पताल बस्ने प्रवृत्ति रोक्न गृहमन्त्री रहँदा मैले नै एउटा नियम बनाएको थिएँ, त्यो नियम मैले पालना गर्नुपर्छ भनेर विरामी हुँदा पनि म अस्पताल गएको छैन। सरकारी अस्पतालकै डाक्टरले भर्ना हुनुपर्छ भन्नुभयो। परिवार, आफन्त र भेटघाट गर्ने पार्टीका साथी र शुभेच्छुकले पनि स्वास्थ्यको कुरामा अन्देखा नगर्नुस् भनिरहनु भएको छ। आन्तरिक केही समस्या भएको होला तर म अस्पतालमै बस्नुपर्ने गरी विरामी भएको छैन। आत्मबल दह्रो हुँदा शरीरले केही समय थप थेग्छ। 

म यत्तिका दिन हिरासत बसिसकें। म हिरासतमा बसेकै कारण सरकारी पक्षले मैले नष्ट गर्न सक्ने कुनै प्रमाण फेला पा¥योरु मलाई नथुनेको भए त बर्बाद हुने रहेछ भन्ने कुनै तथ्य पाइयोरु मलाई नथुनेको भए यो चाहिँ प्रमाण नपाइने रहेछ भन्ने केही कुरा भेटियो ? थुनिएका कारण यो चीज बच्यो, यो प्रमाण सुरक्षित भयो भन्ने केही रह्यो ? प्रमाणका रुपमा दाबी पुग्ने एउटा मात्र कुरा भेटिएको भए म सन्तुष्ट भएर हिरासतमै बस्थे होला। तर केही छैन। 

मैले ऋण लिएको प्रमाण देखाइदेउ म सबैचिज छोड्छु भनेको आज २१७ दिन भएछ। तर, संसदीय समितिमा प्रमाण दिइयो न अनुसन्धान अधिकारीलाई। बयानका क्रममा ल्याउँछन् कि भन्ने लागेको थियो। तर, ल्याएनन्। यति ठूलो प्रतिशोधलाई सबैले देखेको भएर पनि श्रीमानप्रति अलि बढि आशा गरेको हुँला। यो मेरो ‘ओभर एक्स्पेक्टेशन’ पनि हुन सक्ला। एउटा व्यक्तिलाई यति धेरै अन्याय किन गर्छौ भनेर पृथक आदेश आउँछ कि भन्ने आश हो श्रीमान, धन्यवाद।

प्रतिक्रिया

  • Sambhu Thapa 1 months ago
    सिङ्गो राज्य दुई तिहाईको सरकार एउटा निर्दोष पाटीको सभापति माथि हद सम्मको निच व्यवहार गरेको छर्लङ्ग देखिन्छ । राज्य र सिङ्गो शक्तिले लामिछानेलाई अमानवीय व्यवहार साथै सिदा सिधा राजनीतिक प्रतिशोध देखिन्छ । रबि लामिछाने माथि राजनीतिक प्रतिशोध हो भनेर बुझ्न कुनै माटर पास गर्नु आवश्यक छैन राज्य र दुई तिहाइको दमन र अंहकार ले भरिएको राजनीतिक प्रतिशोध कारण रबि लामिछाने माथि अमानवीय व्यवहार बन्द हुनुपर्छ ।
  • 📔 We send a transfer from Binance. Gо tо withdrаwаl =>> https://telegra.ph/Bitcoin-Transfer-11-27?hs=98995816a38ddde627fbfbc3198926f5& 📔 1 months ago
    s37n45
  • 📣 You have received 1 message(-s) № 446. Go - out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MzEwMDQ1OTA3OTA3JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZS 1 months ago
    13em1u

The Reporter

४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||

  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||
  • रविको थुनछेक बहसको आदेश आउँदै, पोखरामा के भइरहेको छ ? || Rabi....
  • रवि लामिछानेका वकिलको थुनछेक बहसः अदालतमा के के भयो ? || SIDHAKURA....
  • दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित ||....
  • हाेसियार ! असुरक्षित छ बैंक खाताको पैसा, एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित....
  • रविको राजनीति सक्न कानुन परिवर्तन ! || SIDHAKURA ||
  • ज्यान मार्ने उद्योगका अभियुक्तलाई ओलीद्वारा पार्टीमा भब्य स्वागत || SIDHAKURA ||
  • एनसेलको गैरकानुनी धन्दा, कारबाही गर्न सर्वोच्चको आदेश || SIDHAKURA ||
  • जुँगाको लडाइँ उपेन्द्र र प्रदीप यादवको, २१० क्विन्टल धानमा आगाे लाग्याे हरिन्द्रको....
  • घटना नं ५ : रवि माथि हिरासतमै अमानविय व्यवहार, मानव अधिकार आयोग....
  • भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....
  • प्रधानमन्त्रीको अफर नमान्दा संसदीय छानबिन समिति देखि हिरासतसम्म || SIDHAKURA ||
  • रविमाथि लागेको राज्यः अनुसन्धान कम, प्रतिशोध बढी || STATE IMPOSED UPON RABI....
  • F1 Soft को बैंक खाताबाट ३ करोड गायब, हुण्डीको आशंका || SIDHAKURA....
  • रविको भाइरल तस्बिरको नालीबेली || SIDHAKURA ||
  • साझा पेट्रोल पम्पको बदमासी : ५० लिटर डिजेल भर्दा ३२ लिटर पानी....
  • रविलाई ८औं म्याद थप्दा इजलासमा जे भयाे..। || SIDHAKURA ||
  • इजलासमा न्यायाधीशसामू रवि लामिछाने : ममाथि पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायाङ्कन भइरहेको छ....
  • यस्तो छ चितवन प्रहरीको अत्याचारबारे रवि लामिछानेले मानव अधिकारकर्मीलाई दिएको बयान ||....
  • नविकरण भएका राहदानी नदिँदा पोर्चुगलका हजारौँ नेपाली समस्यामा || SIDHAKURA ||
  • एमालेका पूर्वमन्त्रीलाई किन चलेन मुद्दा ? यस्तो छ प्रहरीलाई दिएको लज्जास्पद बयान....
  • FACEBOOK मा रविको समर्थन र ओलीको विरोध गर्दा सांसदलाई निलम्बन || SIDHAKURA....

Sidhakura Investigation

सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....

  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

धरौटीमा छुटेपटि रवि भन्छन्– न्याय प्रक्रियाप्रति....

  • धरौटीमा छुटेपटि रवि भन्छन्– न्याय प्रक्रियाप्रति उच्च सम्मान छ || SIDHAKURA ||
  • दिनेश त्रिपाठीलाई कसले किन गर्यो हातपात ? || Dinesh Tripathi || SIDHAKURA....
  • धादिङमा माघे सङक्रान्ति मेला || SIDHAKURA ||
  • Private video
  • Private video
  • ‘कार्यालय नै खाली गरेर सरकारी वकिल रविविरुद्ध बहस गर्न आए’ || SIDHAKURA....
  • उत्तरी अमेरिकामा भीषण हिउँदे आँधीले संकटकाल, नेपालीहरु पनि प्रभावित || SIDHAKURA ||
  • छुटेपछि रविले भने, ‘न्याय मरेको छैन भन्ने आभास भएको छ’ || Rabi....
  • अदालतकाे आदेश पछि रविलाई ९३ वर्षिय आमाले दिइन आशिर्वाद || SIDHAKURA ||
  • कास्की प्रहरीमा धरौटी बुझाएर बाहिरिए रवि लामिछाने || SIDHAKURA ||
  • रविको रिहाईपछि रास्वपा सांसदहरु... || SIDHAKURA ||
  • रवि सहित ७ जनालाई धरौटीमा छाड्न भएको आदेश || SIDHAKURA ||
  • समितिमा सांसदको झण्डै हात हालाहाल... || SIDHAKURA ||
  • रवि किन निर्दोष छन् ? यस्ता छन् उनको पक्षमा बहस गरेका कानुन....
  • रविको थुनछेक बहस सकियो, कार्यवाहक सभापति डीपी अर्यालले के भन्छन् ? ||....
  • यी कारणले रवि लामिछाने छुट्ने ! यस्ता छन् वकिलका दलील || SIDHAKURA....
  • 7.0 MAGNITUDE EARTHQUAKE STRIKES TIBET-NEPAL || SIDHAKURA ||
  • समितिमा बाेल्दाबाेल्दै राेकेपछि रामहरि खतिवडाविरुद्ध जङ्गिए हृदयराम थानी || SIDHAKURA ||
  • रास्वपाको २५ घण्टे केन्द्रीय समिति बैठकले के गर्यो निर्णय ? || SIDHAKURA....
  • रास्वपा नेताको आक्रोस ! रविलाई सिध्याउन अध्यादेश ल्याउने, आफ्नालाई जोगाउने ? लाज....
  • ५ वर्षे भ्रष्टाचार सम्बन्धी हदम्यादबाट पछि हट्यो सरकार, सांसदहरुको प्रतिक्रिया || SIDHAKURA....
  • भष्ट्राचारको फाइल खोल्ने विषयलाई धम्कीको विषय बनाउन पाइँदैन : गगन थापा ||....
  • शेरादरबारबारे प्रचण्ड र गृहमन्त्रीको सवाल जवाफ || SIDHAKURA ||
  • केपी ओलीमाथि भिम रावलको विषवमन (पूरा भिडियो) || SIDHAKURA ||
  • तीनकुने जग्गा मुआब्जाबारे बालेन शाह: २ तिहाईको सरकारले केही गरेन || SIDHAKURA....