नेभिगेशन
सबै कुरा

अमृत, पक्वान, फेमेली र क्वालिटी ब्राण्डको खाने तेलमा मुटुको स्वास्थ्यमा गम्भीर असर गर्ने तत्व बढी

काठमाडौँ । मानव मुटुको स्वास्थ्यमा गम्भीर असर गर्ने तत्व अधिक रहेको खाने तेल बजारमा बिक्री वितरण भइरहेको पाइएको छ ।


Global Ime Bank

काठमाडौँ महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा ४ वटा खानेतेल उत्पादक कम्पनीले उत्पादन गरेर बजारमा पठाएको नाम चलेकै ब्राण्डका तेलहरु स्वास्थ्यका दृष्टिकोणले जोखिमयुक्त रहेको पाइको हो ।

तेलको खाद्य स्वच्छता जाँच गर्ने अधिकारीहरुकाअनुसार बजारमा भेटिएको तेल नियमित लामो समयसस्म प्रयोग गर्दा क्यान्सरजन्य जोखिम समेत निम्तन सक्ने हुन्छ ।

उपभोक्ताको गुनासोपछि काठमाडौँ महानगरको कृषि तथा पशुपंछी विभाग अन्र्तगतको खाद्य प्राविधिकहरुले उपत्यकाका विभिन्न स्थानबाट नमूनाका रुपमा संकलन गरिएका १३ फरक फरक ब्राण्डका खाने तेलमध्ये ४ वटा तेलको गुणस्तर प्रतिकुल पाइएको हो ।

महानगरका कृषि तथा पशुपंछी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार खाद्य प्राविधिकहरुले जाँच गराएका मध्ये अमृत, क्वालिटी, पक्वान ब्राण्डका सोयाबिनको तेल र फेमिली ब्राण्डको तोरीको तेलमा मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान पाइएको हो । 

‘ल्याब परीक्षण गरिएका १३ मध्ये ४ ब्राण्डका तेलमा सरकारले तोकेको भन्दा अधिक मात्रामा पेरोक्साइड र एसिड भ्यालु पाइएको छ,’ विभाग प्रमुख न्यौपानेले भने,‘ तेलमा यस्तो हुनु भनेको मानव स्वास्थ्यका लागि गम्भीर हो । यस्तो तेलको प्रयोगले मानव शरीरका सेलको विकास क्रम नै रोक्छ भन्ने प्राविधिक विश्लेषण छ ।’ 

यस्तो कैफियत भेटिएका तेललाई तत्काल बजारबाट फिर्ता गर्न र नष्ट गरेको प्रमाण महानगरमा पेश गर्न निर्देशन भएको न्यौपानेले सिधाकुरालाई बताए । 

यी हुन् गुणस्तरहिन तेल 

३ वटा व्राण्डका सोयाबिन र एउटा ब्राण्डको तोरीको तेलमा सरकारले तोकेको गुणस्तरभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालु पाइएको महानगरपालिकाले जनाएको छ । 

सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान गुणस्तर नहुनेमा श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मोरङ्ले २०८० पुस २७ गते उत्पादन गरेको पक्वान व्राण्डको व्याच/लट नं. s-2 को रिफाइन सोयाविन तेल एउटा हो । 

यस्तै, २०८० कार्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याच/ लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको व्याच/लट नं. ०८ को रिफाइन सोयाबिन तेलमा पनि सरकारले तोकेको मापदण्ड नपाइएको महानगरको खाद्य प्राविधिकहरुले बताएका छन् । 

अमृत तेल त्रिवेणी ग्रुप अन्र्तगतको अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रालिले उत्पादन गरेको हो भने क्वालीटी ब्राण्डको तेल क्वालिटी आयल रिफाइनरी प्रालि कटहरी विराटनगरको उत्पादन हो ।  

यस्तै २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को फेमिली ब्राण्डको तोरीको तेलमा पनि पेरोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । यो तेल शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराले उत्पादन गरेर बजारमा पठाउँदै आएको छ ।

नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको र त्यसबाट प्राप्त नतिजाका आधारमा तेल उद्योगहरुमाथि कारबाही गरिएको न्यौपानेले बताए । 

विभागकाअनुसार नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्ने र तेल झनै अखाद्य हुने हुन्छ । यसरी मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थिति हुन पत्राचार गरिएको महानगरको भनाई छ ।

आफ्नो गुणस्तरहिन उत्पादनबारे के भन्छन् तेल उद्योग ?

महानगरको रिपोर्टपछि सिधाकुराले गुणस्तर फेल भएका तेल उद्योगहरुसँग सम्पर्क गरेको थियो । जसमध्ये शिवशक्ति ग्रुपका प्रतिनिधिबाहेक अरु व्यक्तिहरुसँग सम्पर्क हुन सकेन । शिवशक्ति ग्रुपको कार्यालयकाअनुसार आफूहरुलाई महानगरको गुणस्तर जाँचको कारबाहीबारे जानकारी भएको छ । तर, अहिले तेलको विषयमा बोल्ने व्यक्ति कार्यालयमा नभएको र आफूहरु पनि उद्योगको गणुस्तर जाँचमा लागेका कारण तत्काल यो विषयमा औपचारिक रुपमा धारणा सार्वजनक नगरिने एक प्रतिनिधिले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित...
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

मालिका गाँउपालिका ३ का ७२ वर्षीय विसराम पटेलका अनुसार ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई...
जीपको ठक्करबाट मोटरसाइकलमा सवार चन्दको मृत्यु

जीपको ठक्करबाट मोटरसाइकलमा सवार चन्दको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर...
देशका अधिकांश भागमा वर्षा हुने

देशका अधिकांश भागमा वर्षा हुने

आज देशभर साधारणतया बदली रहने कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ ।