वीरगंजका मेयरको किर्ते प्रकरणः दोस्रो श्रीमतीको अंश र डिभोर्स सम्बन्धी मुद्दा खारेज

सिधाकुरा

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पति दावी गर्दै रिता भट्टराईले दायर गरेको अंश र डिभोर्स सम्बन्धी मुद्दा खारेज भएको छ । जिल्ला अदालत पर्साको ५ नम्बर इजलासका न्यायाधीश प्रमेश पोखरेलको इजलासले उक्त मुद्दा खारेज गरिदिएको हो । 

शारीरिक सम्बन्धबाट मेयर राजेशमान सिंहसँग पति नाता कायम भएको दाबी गर्दै रिता भट्टराई नाम गरेकी महिलाले २०८० माघ २८ गते अंश र डिभोर्स मुद्दा दायर गरेकी थिइन् । तर, दायर मुद्दाका सन्दर्भमा दाबी पेश गर्न निवेदक र विपक्षी दुवै उपस्थित नभएपछि अदालतले मुद्दा डिसमिस गरिदिएको हो । 

जिल्ला अदालत पर्साका सूचना अधिकारी अमृत मिश्रले मुद्दाका निवेदक र विपक्षी दुवै पक्ष मागदाबीका लागि उपस्थित नभएपछि मुद्दा ढिसमिस भएको बताए । 

‘मुद्दाको निवेदन  आयो तर, दुवै पक्ष यसको दाव विरोधमा तोकिएको समयमा आएनन्,’ सूचना अधिकारी मिश्रले भने, ‘त्यसका कारण मुद्दा डिसमिस भयो ।’ अदालतमा दाबी विरोध केही पनि नआएपछि अब मुद्दामा उठान गरिएको विवादको निरुपण अदालतबाट नभएको र पुरानो अवस्थामै यथावत रहेको रुपमा बुझ्नु पर्ने मिश्रले बताए ।  

अदालतले मुद्दा डिसमिस गरेसँगै कानुनको छिद्र प्रयोग गरी दोश्रो पत्नी खडा गरी नाता कायम र सम्बन्ध विच्छेद गराई सरकारी कागजात किर्तेमा जोगिन मेयर सिंहले चालेको दाउ असफल भएको छ । 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० स्थायी ठेगाना भएर हाल काठमाडौँ हाँडीगाउँ बस्दै आएकी भट्टराईले जिल्ला अदालतमा दर्ता गराएको फिराद पत्रमा राजेशमान सिंह आफ्नो श्रीमान भएको दाबी गरेकी थिइन् । 

तर, कुनै पनि सरकारी रेकर्डमा मेयर सिंह र भट्टराई बीच श्रीमती नाता कायम भएको देखिएको पुष्टि भएको थिएन । भट्टराईले मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको र सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गर्दै आफ्नो शरीरबाट जन्मेकी छोरीको सम्पूर्ण भरण पोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने भट्टराईले  फिराद पत्रमा उल्लेख गरेकी थिइन् । 

‘प्रतिवादी राजेशमान सिंहको प्रकाशमा रहेकी पत्नी अन्नपूर्ण मानन्धर हुनु भएकोमा म फिरादीले प्रेम विवाह गरेका कारण प्रकाशमा नल्याए पनि मेरो उदार (शरीर)  बाट जन्मेकी छोरी रुबिना श्रेष्ठको जन्मदर्ता, शैक्षिक प्रमाण पत्र एवम् नागरिकता निवेदनबाट म निजकै पत्नी भएको तथ्य स्थापित हुन्छ,’ निवेदनमा भनिएको थियो । 

मुलुकी देवानी संहित २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने उल्लेख छ । सोही कानुन अनुसार प्रतिवादी राजेशमान सिंह आफ्नो पति प्रमाणित हुनुपर्ने भट्टराईको दावी थियो । 

आफूसँग नाता कायम नै नभएकी युवतीलाई बाबु बनेर नागरिकता दिलाएका सिंहले गृह मन्त्रालयको छानबिन समितिसँग २०८० माघ २७ गते आफूले बहुविवाह गरेको बयान दिएका थिए । रुबिना श्रेष्ठको नागरिकता किर्तेमा फस्ने डरले गलत बयान दिएको भोलिपल्टै जिल्ला अदालत पर्सामा भट्टराईले स्वतः पति नाता कायम रहेको दाबी गर्दै अंश र सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् । 

मेयर सिंहले बहुविवाह स्वीकार गर्नु, त्यसको भोलिपल्टै पति दाबी गर्दै भट्टराईले अंश र डिभोर्स मुद्दा दायर गर्नु, रिता भट्टराईको सम्पर्कमा आउनुपूर्व नै उनकी छोरी रुबिना श्रेष्ठ हुनु र पञ्जिकरण अधिकारीको नक्कली हस्ताक्षर गरेर जन्मदर्ता बनाएको खुलासा गरेसँगै वीरगञ्जका मेयर राजेशमान सिंहको भूमिका थप शंकास्पद बनेको थियो । वीरगंजका मेयरका किर्ते विवाद सिधाकुराले खुलासा गरेको थियो । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....