नेभिगेशन
सबै कुरा

क्रिश्चियन 'पास्टर'को शैलीमा मन्त्री किराँतीको भ्रमपूर्ण अभिव्यक्ति, 'क्रिश्चियन नमान्ने देशद्रोही हुन, जेल हाल्ने हो'

संविधानको गलत व्याख्या गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले क्रिश्चियन धर्मको प्रचार गरेपछि विवादमा परेका छन् ।

काठमाडौँमा आयोजित क्रिश्चियन महोत्सवमा बोल्दै मन्त्री किराँतीले क्रिश्चियन नमान्नेहरूले संविधान नमान्ने र संविधान नमान्नेहरू देशद्रोही भएकाले हतकडी लगाएर जेलमा हाल्नु पर्ने अभिव्यक्ति दिए ।

Global Ime Bank

उनले भनेका छन् ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो '।

क्रिश्चियन धर्म प्रचारक 'पास्टर'को शैलीमा उत्रिएका संस्कृति मन्त्री किराँतीले संसारले मानेको क्रिस्चियनलाई नेपालमा थिचोमिचो गरिएको अभिव्यक्ति दिए । उनले भने, ‘संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन् ।

संसारले मानेको धर्म हामीले नमान्ने ?’ मन्त्री किराँतीले यो विवादमा प्रधानमन्त्री प्रचण्डलाई समेत मुछ्न पछि परेनन् ।उनले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गर्दै प्रचण्डलाई जिसस एकदमै मन पर्ने सम्म भन्न भ्याए ।

साथै उनले भने जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्ड जस्तै हुनुहुन्थ्यो । सर्वत्र आलोचना सबै धर्म र संस्कृतिको रक्षा गर्नु पर्ने संस्कृति मन्त्रीले क्रिश्चियन नमान्नेहरूलाई देशद्रोही भनेपछि अहिले सर्वत्र विरोध भैरहेको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री किराँतीको अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक रहेको बताएका छन् ।

लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीको पदमा बस्न कसरी मिल्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । यस्तै पूर्वसञ्चारमन्त्री समेत रहेको नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पनि मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर आपत्ती जनाएका छन् । 

उनले माओवादी कसैका लागि सेवा दिने मिसनरी उद्योग भन्ने प्रमाणित भएको भन्दै हिन्दु, बौद्व, मुस्लिमलाई थुन्न कत्रो जेल बनाउलान् भन्दै व्यंग्य गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन’ : उर्जामन्त्री खड्का

‘मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन’ : उर्जामन्त्री खड्का

“मन्त्रालय अन्तरगतको प्रगति कम देखिँदा काम गर्ने कर्मचारी र काम नगर्ने कर्मचारी एउटै डालोमा परेको देखियो, हामी कर्मचारीलाई स्थायी सरकार भन्छौँ, तर व्यवहारमा त्यो स्थायित्व देखिँदैन, कामलाई गम्भीरताका...
रास्वपाका कारण सांसदको लोगो लगाउँदा पनि अपमानित भएको महसुस गर्नुपर्ने अवस्था बन्योः महेश बर्तौला

रास्वपाका कारण सांसदको लोगो लगाउँदा पनि अपमानित भएको महसुस गर्नुपर्ने अवस्था बन्योः महेश बर्तौला

उहाँहरु जे शैली अवलम्बन गरिरहनुभएको छ, उहाँहरुले विरोध राखेको मुद्दाका बारेमा हामीलाई आपत्ति छैन । तर शैली गर्दा यो लोगो (संसदको लोगो) लगाएर हिड्न पनि आफैँलाई अपमानित गर्नुपर्ने...
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
संसद बैठक स्थगित, अर्को बैठक बिहीबार बस्ने

संसद बैठक स्थगित, अर्को बैठक बिहीबार बस्ने

आज निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए । ‘भिजिट भिसा’का...