काठमाडौँ । सांसद एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले हडपेको नेपाल स्काउटको भवनमा प्रशासनले सिल लगाएको छ ।
नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा र त्यहाँ बनेको भवनमा बिहीबार साँझ प्रहरीसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँले शिलबन्दी गरेको हो ।
१५ वर्ष देखि स्काउटको जग्गा भाडामा लिएका सांसद खड्काले सम्झौता सकिएपछि पनि लाभ लिइरहेका थिए । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनले अटेरी गरिरहेका थिए ।