नेभिगेशन
सबै कुरा

नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालक त्रिशुलीमा बेपत्ता

काठमाडौँ । नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ११ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता भएका छन्।

बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक मोटरसाइकल नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीरमा दुर्घटना भएको हो।  सडक छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक त्रिशूलीमा खसेको स्थानीयले बताएका छन् । 

सो घटनापश्चात चालकको खोजी र उद्दारका लागि नेपाल प्रहरी, सशस्त्रको गोताखोरको टोली परिचालन भइसकेको छ । 

हालसम्म चालकको एकिन पहिचान हुन नसकेपनि उनको झोलाबाट प्रहरीले केही परिचयपत्र फेला पारेको छ जहाँ रोहित राना नाम उल्लेख गरिएको छ । प्रहरीले बेपत्ता चालकको पहिचान निक्र्यौल गर्ने प्रयास भइरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्