नेभिगेशन
सबै कुरा

भक्तपुरबाट देवघाट जाँदै गरेको बस थाक्रेमा दुर्घटना, एक जानको मृत्यु

धादिङ । धादिङमा आइतबार राति यात्रुवाहक बस दुर्घटना भएको छ। प्रहरीका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने  २३ जना घाइते भएका छन् । आइतबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको थियो । 

दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्‍याइएपनि राति नै उनको निधन भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको प्रहरी अस्पताल र  ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्