नेभिगेशन
सबै कुरा

युएईमा प्राथमिक उपचार सम्बन्धि जनचेतना र वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (युएई) मा प्राथमिक उपचार सम्बन्धि जनचेतना, मोटिभेसनल तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

सामाजिक संस्था योगदान राष्ट्रका लागि अभियानले जुन ३० मा वरदुवईको सो कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष एवं प्राथमिक उपचार सम्बन्धि अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीको अध्यक्षतामा र युएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

Global Ime Bank

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत क्षेत्रीले प्राथमिक उपचार सम्बन्धि जनचेतनामूलक कार्यक्रम अत्यन्त सकरात्मक रहेको र युएईमा यसलाई निरन्तरता दिनुपर्ने बताए । त्यस्तै उनले अभियानका लागि आफूहरुको साथ र सहयोग रहने बताए। 

कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक उप्रेतीले प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिएका थिए । उनले हृदयघात, फेन्ट, पानीमा डुबेको अवस्थामा गरिने प्राथमिक उपचारको बारेमा प्रयोगात्मक रुपमा जानकारी गराएका छन्। 

उनले प्राथमिक उपचार दैनिक जिवनमा प्रयोगमा आउने भएकाले यसलाई चासो लिनुपर्ने र सबैले सिक्नुपर्ने बताए । त्यस्तै उनले सात वर्षदेखि तालिम दिँदै आएको र हालसम्म एक लाख जनालाई तालिम दिएको जानकारी गराए। 

कार्यक्रममा चर्चित नायक निखिल उप्रेती लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा बैंक तथा वित्तिय सारक्षता कार्यक्रम पनि गरिएको थियो । चर्चित नायक रमेश उप्रेतीले कार्यक्रममा सहभागीलाई बैंक तथा वित्तिय साक्षरता सम्बन्धि जानकारी गराएका थिए । उनले नेपालका लागि विप्रेषण (रेमिटेन्स) को समिक्षा, बैधानिक रेमिटेन्स गर्दा हुने व्यक्तिगत फाइदाहरु, वैधानिक तरिकाले रेमिटेन्स गर्दा राज्यलाई हुने फाइदाहरु, हुन्डी के हो ? र यसका बेफाइदाहरु के के हुन ? हुन्डीबाट पैसा पठाउँदा हुन सक्ने  सम्भावित जोखिमहरु, वैधानिक रुपमा नेपालमा कसरी पैसा पठाउने लगायतका विषयमा जानकारी गराएका थिए । 

कार्यक्रममा एनआरएन युएईका पूर्व अध्यक्ष, सामाजिक अभियन्ता व्यवसायी ठाकुरप्रसाद ढुंगाना, युएईस्थित बैंकका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, युएईमा बसोबास गर्ने नेपालीहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक दिवस चापागाईंले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।
दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा हालैका दिनहरूमा आएको भीषण बाढीका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार, गुइझोउ प्रान्तमा मात्र करिब ८०,९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ...
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा...