
काठमाडौँ । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौँ आएकी छिन् । उनको स्वागतका लागि परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
आजै बेलायती राजकुमार पनि काठमाडौँ आउँदै छन् । राजकुमार आइपुगेपछि दुवै जनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनीहरु ६ दिन नेपालमा रहने छन् ।



