नेभिगेशन
सबै कुरा

विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुने नेपाली खेलाडीकाे विदाई

काठमाडौँ । दक्षिण कोरियामा हुन लागेको विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुने नेपाली खेलाडीहरुलाई विदाई गरिएको छ । उनीहरुलाई युएईका लागी नेपाली राजदुत तेज बहादुर क्षेत्रीले सोमबार बिदाइ गरेका हुन् ।

खेलाडीहरुलाई युएईको आबुधाबीस्थित नेपाली राजदुतावासमा आयोजित एक कार्यक्रमकाबीच राजदुत क्षेत्रीले बिदाइ गरेका हुन। कार्यक्रममा सहभागी खेलाडी सँगै युएईका लागी कोरियाली तेक्वान्दो प्रशिक्षकलाई बिदाई गर्दै राजदुत क्षेत्रीले सफलताको शुभकामना दिएका छन । उनले  ‘वैदेशिक रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर आएर पनि आफ्नो कामको अलावा खेलकुदलाई समेत निरन्तरता दिएको देख्दा खुशी लागेको छ ।  विश्वका विभिन्न देशहरुमा आफ्नो सहभागिता जनाउँदै खेलको माध्यमबाट नेपालको नाम चिनाउन मद्दत गर्ने कुरामा विश्वस्त छौँ।’

CG

कोरियाको मुंग्योङ सिटिमा जुलाई २६ देखी ३० सम्म हुने विश्व तेक्वान्दो हान्मादाङको लागी नेपाली खेलाडीहरुले गरेको तयारीमन बारेमा कोरियन प्रशिक्षक नाम्हो क्वानले राजदुतलाई जानकारी गराएका छन्। उनले नेपाली खेलाडीहरु एकदम मेहनती रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली राजदुतावासले यस्तै साथ र सहयोग गरेमा उनीहरुलाई अझै राम्रो गर्न हौसला मिल्ने उल्लेख गरेका छन् ।   

युएईका पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा प्रशिक्षक जगन अधिकारीको नेतृत्वमा रहेका खेलाडीहरु सबिन पाण्डे, हरी कृष्ण विष्ट र शान्ति भण्डारी भोली मंगलबार २३ जुलाईका दिन कोरिया प्रस्थान गर्ने छन्। त्यसका लागी कोरियन प्रशिक्षक नाम्हो क्वान भने कोरिया गइसकेका छन।

विगत लामो समयदेखी युएईमा रहेर तेक्वान्दो खेललाई निरन्तरता दिँदै आएका खेलाडी सविन पाण्डे आफ्नै व्यवसाय गर्छन भने अर्का खेलाडी हरि कृष्ण विष्ट आबुधाबीस्थित एक प्यालेसमा काम गर्छन्। त्यस्तै बिगबस टुर्समा कार्यरत अर्की खेलाडी शान्ति भण्डारीले मध्य पुर्वको पर्यटन क्षेत्रमा पहिलो महिला डबलडेकर बस चालकको रुपमा आफ्नो परिचय स्थापित गरेकी छिन। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पले आफैंलाई घोषणा गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

ट्रम्पले आफैंलाई घोषणा गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।
इरानमा सरकार विरोधी आन्दोलन तीव्र

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग सम्बन्धित हिंसामा एक सयभन्दा बढीको ज्यान गएको छ भने झन्डै दुई हजार ६०० जनालाई हिरासतमा लिइएको छ । इरानले इन्टरनेट पूर्ण...
गायक तथा कलाकार प्रशान्त तामाङको निधन

गायक तथा कलाकार प्रशान्त तामाङको निधन

गायक प्रमोद खरेलले प्रशान्तको निधनको खबर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भारतको दार्जिलिङमा जन्मिएका तामाङले सन् २००७ मा भारतीय चर्चित गायन रियालिटी शो इन्डियन आइडल सिजन ३...
ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले...