काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापतिमा पङ्कज जालान चयन भएका छन् । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले जालानलाई उद्यमशीलता एवं नवप्रवद्र्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन् । जालान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य समेत हुन् ।
जालान लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष समेत हुन् । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सूचना प्रविधिको विकास मार्फत युवा उद्यमशीलता प्रवद्र्धन गर्दै आएको छ ।