काठमाडौँ । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या आएको छ । सोमबार दिउँसोबाट देशभरी एनसेलको नेटवर्क डाउन भएको हो। नेटवर्कमा समस्या आउँदा एनसेलमा फोन नलाग्ने, मेसेज नजाने, डेटा नचल्ने लगायतका समस्या देखिएका छन्।
सेवा अवरुद्ध बारे एन्सेलले एक सुचना जारी गर्दै आफूहरुको नेटवर्कमा समस्या आएको बताएको छ । त्यस्तै नेटवर्कमा आएको प्राविधिक समस्या समाधान गर्न लागि रहेको जानकारी गराएको छ ।