नेभिगेशन
सबै कुरा

श्रम शोषणसँगै बालिका करणी आरोपमा कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षिय पुरुष पक्राउ

काठमाडौँ । बालिकालाई करणी आरोपमा कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षिय पुरुष पक्राउ परेका छन् । बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आरोपित पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । 

गएको ६ बर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रुपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जवर्जस्ती करणी गरिरहेको बालिकाले बताएकी छन् । उनी अहिले १७ वर्षकी छिन् ।  

Global Ime Bank

काठडमाडौँ महागरका प्रमुखको सचिवालय सदस्य धिरज जोशीका अनुसार सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग बसेका बालबालिका सम्बन्धी जानकारी लिन महानगरले इन्टर्न विद्यार्थीहरुको टोली परिचालन गरेको छ । उनीहरुले बालबालिकाहरुबारे जानकारी लिने गरेका छन् । उक्त जानकारीपछि महानगरको संयुक्त अनुगमन टोलीले प्रतिवेदन तयार गर्छ । अनुगमनपछि तयार पारिएको प्रतिवेदनले बालिकामाथि यौनजन्य दुव्र्यवहार भएको देखिएको जोशी बताउँछन् । ‘यो प्रतिवेदन आफैँमा जाहेरी हो । हामीले बालिकाका अभिभावकलाई पनि बोलाएका छौँ । अब कारवाही प्रक्रिया अगाडि बढ्छ’, जोशीले भने ।  

आरोपित व्यक्तिलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ । 

महानगरले अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई  उद्धार गरेको छ । जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ । सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको जोशीले जानकारी दिए । 

सिधाकुराका सामाग्री युट्युुब च्यानलमा पनि हेर्न सक्नुहुने छ ।

 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३...
नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत...
एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको...
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।

भर्खरै