मुग्लिन । मुग्लिनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि बल प्रयोग गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेता कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको मुग्लिनमा रहेका सिधाकुरा सम्वाददाता विष्णु प्रसाद ढुंगाना र लक्ष्मण गिरीले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा लैजाँदैछ । पार्टी कार्यालयमा साँझ पौने ७ बजे गिरफ्तारी दिएपछि लामिछानेलाई स्थलमार्ग भएर प्रहरीले पोखरा लैजाँदै गरेको हो ।
कास्की प्रहरीले जिल्ला अदालतबाट सहकारी ठगीमा अनुसन्धान गर्न पक्राउ पुर्जी लिएपछि सीआईबी पक्राउ पुर्जी लिएर रास्वपा पार्टी कार्यालय आएको थियो ।
पोखरा प्रहरीलाई बुझाउन अहिले सीआईबीको प्रहरी टोली लामिछानेलाई लिएर पोखरा पुग्दैछ । लामिछाने सवार स्कोरपिर्यो गाडीलाई प्रहरीले अगाडि र पछाडिबाट स्कटीङ गर्दै अहिले मुग्लिन पार गरेको छ । लामिछानेको सर्मथन र सरकारको विरोधमा मुग्लिनमा सयौँ समर्थकहरू सडकमा उत्रिएका छन् ।
-
* * * Snag Your Free Gift: https://www.softflame.in/uploads/uc2224.php?mb56f40 * * * hs=7ca5b0eff144d03e46648abf2d210cb8* 2 months agorjewoh
-
* * * <a href="https://www.softflame.in/uploads/uc2224.php?mb56f40">Snag Your Free Gift</a> * * * hs=7ca5b0eff144d03e46648abf2d210cb8* 2 months ago7qz9ly