ललितपुर 'ग्याङ फाइट' : इख र आवेगले भएको २ जनाको हत्या (भिडियाेसहित)

लक्ष्मण गिरी

काठमाडाैँ । होलीको दिन रंगहरुको खोला बग्नुपर्ने थियो तर ललितपुरको ढोलाहिटीमा रगतको खोला बग्यो । चिनजानकै साथीहरुको ग्याङ फाइटमा २ जनाले ज्यानै गुमाए । 

घटनाः ढोलाहिटिको ग्याङ फाइट

मृत्यु : दुई जना 

पक्राउ : ४ जना 

फरार : १ जना 

होलिको राति करिब ११ बजे जिल्ला प्रहरी परिसरमा एउटा फोन आयो  । प्रहरीलाई त्यो फोन ललितपुरकै पाटन अस्पतालबाट गएको थियो । फोनमा प्रहरीलाई एक मानिसलाई चक्कु प्रहार भएको अवस्थामा अस्पताल ल्याइएको छ भन्ने जानकारी दिइयो । 


अस्पतालबाट फोन आउनासाथ प्रहरी पाटन अस्पतालतर्फ हुइँकियो  । प्रहरी पुगेको केही समयमै चिकित्सकले ति व्यक्तिको मृत्यु भएको घोषणा गरिदियो । 

त्यसको केही समयमा पुनः प्रहरीलाई ललितपुरकै अर्को अस्पताल सुमेरु अस्पतालबाट फोन गयो  । त्यहाँपनि सोही प्रकृतिको घटना भएको जानकारी आयो । प्रहरी पुनः त्यतातर्फ बाँडियो ।

प्रहरी पुगेको केही समयमा ति व्यक्तिको समेत मृत्यु भएको अस्पतालले घोषणा गरिदियो  ।  

त्यसपछि रातारात प्रहरीले आफूमातहतका सम्पूर्ण युनिटहरुमा संचार गर्यो र  घटनाबारे बुझ्न भन्यो । त्यसको केही समयमै ललितपुर प्रहरीलाई लतिपुरको ढोलाहिटीमा एक खाजा पसलमा ग्याङ् फाइट भएको र चक्कु समेत प्रहार भएको खबर आयो । 

त्यसपछि प्रहरी वृत सातदोबाटो र चापागाउँको संयुक्त टोली तत्काल घटना भएको स्थलतर्फ छरियो र प्रहरी परिसरको पोसाकको टोली र साधा पोसाकको टोलीपनि त्यतातर्फ सोझियो ।

घटनास्थल नपुग्दा प्रहरीलाई मृत्यु हुनेको पहिचान गर्नसमेत मुस्किल परेको थियो तर जब प्रहरी घटनास्थल पुग्यो तब मृत्यु हुने दुवैजनाको पहिचान खुल्यो ।

धापाखेलको सुमेरु अस्पतालमा मृत्यु भएका युवक पाँचथर मिक्लाजुङ गाउँपालिका–६ का २७ वर्षीय पुजन राई र पाटनमा मृत्यु भएका युवक सुनसरीको धरान उपमहानगरपालिका–१३ का २८ वर्षीय रेवश राई रहेको यकिन भयो । उनीहरुको शव पोस्ट मार्टमका लागि पाटन अस्पतालमा राखिएको छ  । 

के थियो घटना ?

ललितपुरको ढोलाहिटीमा डि पोपिना नाम गरेको एक रेस्टुरेन्ट छ । विजय राई, सुलभ राई र भुपाल राई त्यसका संचालक हुन् । सामान्यतया मदिरा सेवन गर्ने भट्टीको रुपमा रहेको उक्त रेस्टुरेन्टमा होलीको दिन पनि चहलपहल बाक्लो थियो । त्यस दिन रेष्टुरेन्टमा संचालकमध्येका विजय राई र सुलभ राईमात्र थिए ।

विजय, सुलभ, विशाल हाङ मुकाराङ राई, पुजन राई, साहिल श्रेष्ठ लगायत अन्य केही युवाहरु मिलेर त्यही रेस्टुरेन्टमा रमाइलो गरिरहेका थिए । रमाइलो गर्ने क्रममा रातको ८ः३० भइसकेको थियो  । 

तस्विर : डि पोपिना रेस्टुरेन्ट

सोही समयमा मदिराले टिल्ल भएर उक्त रेस्टुरेन्टमा पुगे छेङ्वीहाङ राई, नाम्नु हाङ राई, विराट राई र अनन्त राई  । उनीहरुले त्यहाँ साहिल राई भन्ने व्यक्तिले आफूहरुमाथि हेपेको, होच्याएको आरोप लगाए र केही भनाभन भयो  । 

विवाद बढ्दै गएपछि उनीहरुले विशाल हाङ मुकाराङ राईसँग समेत झगडा गर्न तम्सिए । घटनाले उग्र रुप लिने भएपछि संचालकमध्येका सुलभ राईले मदिराले लठ्ठ भएर पुगेका छेङ्वीहाङ राईको टिमलाई बाहिर जान आग्रह गरे । उनीहरुले नमानेपछि सुलभले उनीहरुलाई रेस्टुरेन्टबाट नै बाहिर निकालेका थिए । 

त्यसपछि छेङ्वीहाङ राईले आफ्नो साथी रेवश राईलाई फोन गरेर आफूहरुलाई डि पोपिना रेस्टुरेन्टबाट संचालकले हेपेर बाहिर निकालेको भन्दै आरोप लगाए । 

विवाद भएपछि रेस्टुरेन्टका संचालकहरुले रेस्टुरेन्टको सटर बन्द गरेर भित्रै बसे । करिब १० बजेको समयमा रेसव राईसहित छेङ्वीहाङको टोली डि पोपिना रेन्टुरेन्ट बाहिर पुगे ।

त्यसपछि उनीहरुले बन्द गरेको रेस्टुरेन्टको बाहिरबाटै तोडफोड गरे र बल प्रयोग गरी बन्द सटर खुलाएर रेस्टुरेन्टभित्र प्रवेश गरे र पुन विवाद गर्न थाले ।

फोन गरेर बोलाएका रेवश राईले होटलमा संचालकसँग रमाइलो गरिरहेका विशाल हाङ मुकाराङ राईसँग धकेलाधकेल गर्न थाले । रेस्टुरेन्टका संचालक विजय राईले पुनः रेवश राईलाई रेस्टुरेन्ट बाहिर निकाल्न प्रयास गरे । तर उग्र बनिरहेका रेवशले रेस्टुरेन्ट संचालकलाई नै मुक्का प्रहार गरे र घटना थप उग्र बन्यो । 

त्यसपछि संचालक विजय  राई रेस्टुरेन्टको किचनमा पुगेर स्टिलको चक्कु ल्याएर रेशव राईलाई त्यहाँबाट हटाउन भन्दै जाइलागे । त्यहि समयमा रेस्टुरेन्ट बाहिरपट्टिको सडक पेटीमा उभिएका पुजन राईले विजयको हातमा भएको चक्कु खोस्ने प्रयास गरे ।  तर उक्त चक्कु पुजनको बायाँ तिघ्रामा लागेर घाइते भए । 

घाइते पुजनलाई  विशाल हाङ मुकाराङ राई र सुलभ राईले  रेस्टुरेन्ट भित्र लगे र बाहिर निस्किए । त्यतिबेलासम्म संचालकमध्येका अर्का विजय राइले रेवश राईको छाति र कोखामा चक्कु प्रहार गरी गम्भिर घाइते बनाइसकेका थिए । त्यसपछि एक जना व्यक्तिले विजय राईलाई मोटरसाइकलमा राखेर त्यहाँबाट फरार बनेका थिए ।  

तस्विर : घटनामा प्रयाेग भएकाे चक्कु र बरामद अन्य सामाग्री

त्यसपछि घटनामा संलग्न भएकै दुई व्यक्तिले गम्भिर घाइते भएका रेवश राईलाई स्कुटरमा राखेर पाटन अस्पताल पुर्याएका थिए भने पुजन राईलाई संचालकमध्येका एक सुलभ राईले सुमेरु अस्पताल पुर्याएका थिए ।  

घटना भएको करिब ५ घण्टाको दौरानामा रातारात प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ भने प्रहरीले ५ जनाविरुद्ध किटानी जाहेरी लिएको छ । प्रहरीले रेस्टुरेन्ट संचालक विजय राई र सुलभ राई, त्यस्तै विशाल हाङ मुकारुङ राई र छेङ्वीहाङ् राईलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाउने तयारी गरेको छ  भने अर्का एक युवक फरार रहेका छन् ।

तिहारबखतको विवादले निम्त्याएको घटना

प्रहरी प्रारम्भिक अनुसन्धानका क्रममा दुईपक्षबिच तिहारको समयमा विवाद भएको पाइएको छ। तिहारको समयमा साहिल श्रेष्ठले छेङ्वीहाङमाथि अश्लिल र अपशब्द बोलेको र  छेङ्वीहाङले त्यहि कुराको इख लिएर बसेको प्रहरीको अनुसन्धानमा देखिएको छ । त्यस्तै त्यहि विवादलाई लिएर २ महिनाअघि पनि उनीहरुबिच भनाभन भएको प्रहरीले जनाएको छ ।

यसअघि नै जेल बसेका थिए सुरुमा चक्कु चलाउने अभियुक्त

घटनाका मुख्य अभियुक्त, रेस्टुरेन्टका संचालक विजय राई यसअघि पनि पक्राउ परेर जेल जीवन बिताएका व्यक्ति हुन् । आइतबारको घटनामा सबैभन्दा पहिले चक्कु चलाउने उनी २०७५ सालमा आघुऔषध मुद्दामा जेल चलान भएका थिए । उनी २ वर्ष कारागार बसेर छुटेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||

  • सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||
  • नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी....
  • ...अनी हिरा थापाले घुस दिएको बिल मागिन् || SIDHAKURA ||
  • विश्वकपअघि अत्तालिएका सन्दीप, अदालतसँगको झिनो आश || Sandeep Lamichhane || SIDHAKURA ||
  • नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात र खुलासा (पीडितको पूरा बयान) || SIDHAKURA....
  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||
  • बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA
  • धोबिखोला सिँगार्दै काठमाडौँ महानगर | Kathmandu Metropolis embellishing Dhobikhola area | SIDHAKURA....
  • ५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन....
  • तस्करीविरुद्ध बोल्दा रिद्धि सिद्धि ज्वेलरीको व्यवसायिक हक खोसियो’ – नरेन्द्र कुमार गुप्ता
  • ५० को स्पिड क्रस ? होसियार ! तपाईलाई यी क्यामेराले खिचिरहेका छन्,....
  • किताब कसरी छापिन्छ ? || Process Of Book Making || SIDHAKURA ||
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ? | Why does....
  • मिसन इलामः को होला सांसद ? || Mission Ilam: Who will be....
  • यसरी हुन्छ भिर मौरीको मह सिकार || THE THRILL OF MAD HONEY....
  • होलीको दिन ललितपुरको ढोलाहिटीमा जे भयो... || SIDHAKURA ||
  • मोदीलाई चुनौती बनेका केजरीवाल को हुन् ? के हो आरोप ? ||....
  • आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
  • दुबइमा दुई तले बस चलाउने नेपाली चेली शान्ती || SIDHAKURA || The....

Current Affairs

म अवस्था परिवतर्न गर्न आएको हो....

  • म अवस्था परिवतर्न गर्न आएको हो : सुहाङ नेम्वाङ || SIDHAKURA ||
  • संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे || SIDHAKURA ||
  • Deleted video
  • कांग्रेसलाई आयोग चाहिएको हैन सरकार चाहिएको हो, त्यसैले अनेक तमासा गर्दैछ ||....
  • कांग्रेसका आफ्नै काण्ड खुल्ने डरले गृहमन्त्रीलाई बोल्न दिइएन – मनिष झा ||....
  • गृहमन्त्रीलाई बोल्न रोक्नु हुँदैन : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन ||....
  • रविले क्लिनचिट पाउने भएपछि कांग्रेसले षडयन्त्र रच्यो || Toshima Karki || SIDHAKURA....
  • सांसदमाथि आक्रमण गरेर कांग्रेसले दादागिरी मच्यायो || SIDHAKURA ||
  • हाम्रो अध्यक्षमाथी संसद्मै आक्रमण भयाे, कांग्रेस अलोकतान्त्रिक बन्याे || RAGHUJI PANT|| SIDHAKURA....
  • संसदमा लफडा, आक्रमणमै उत्रियो कांग्रेस || SIDHAKURA ||
  • गिरीबन्धु टी–स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई दोष दिएछन् || SIDHAKURA ||
  • रविविरुद्ध खनिएका निकोलस रविसँगै माफी माग्न पुगेपछि... || Nicholous & Rabi ||....
  • नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरु आएका छन् : रवि....
  • विकट राक्सिराङको पीडा, दुई पटक म्याद थप्दा पनि पूरा भएन स्वास्थ्य चौकी....
  • राजतन्त्रको तुलनामा गणतन्त्रमा विकासले फड्को मारेको छः प्रधानमन्त्री प्रचण्ड || SIDHAKURA ||
  • हात पनि बाँध्दिने, बोल्न पनि नदिने मुख पनि थुन्दिने अनी किन डराएको....
  • दुर्गा प्रशाईको आलोचना गर्दा पूर्व डिएसपीलाई जुत्ताको माला || SIDHAKURA ||
  • सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई नयाँ भन्दै पुरानो टिपर बिक्री गर्ने गरेको खुलासा
  • अनलाइन सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गर्ने एक जना पक्राउ || SIDHAKURA....
  • कांग्रेसले समिति हैन सरकार माग गरेको हो, जुन संभव छैन : महेश....
  • बङ्गलादेशमा एमबिबिएस पढ्नेहरुको लिस्ट कसरी गर्यो परिवर्तन ? || SIDHAKURA ||
  • नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली ||....
  • अस्थीरताका कारण विकास निर्माणको काममा अघि बढ्न सकेन : केपी ओली ||....
  • कांग्रेस सभामुखको भूमिकाप्रति असन्तुष्ट || SIDHAKURA ||