नेभिगेशन
सबै कुरा
थली घटनाः

पारिवारिक विचलन, गरिबी र मानसिक समस्याले विक्षिप्त परिवारको दुर्घटना

काठमाडौँ । पारिवारिक विचलन, गरिबी र मानसिक समस्याले एकै पटक परिवारलाई गाँज्याे भने के हुन्छ ? काठमाडौँमा सोमबार भएको दुःखद एक पारिवारिक दुर्घटनाको प्रमुख कारण यस्तै भएको निष्कर्षमा प्रहरी पुगेको छ । 

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ५ थलीमा सोमबार बिहान भक्तपुरका ५४ वर्षीय कृष्ण नगरकोटी मृत भेटिएका थिए । दाह्री काट्ने ब्लेडले चिरेको अवस्थामा मृत भेटिएका नगरकोटीको घटना अनुसन्धानमा खटिएको प्रहरीले ८ घण्टा नबित्दै मृतका छोरा र छोरीलाई विक्षिप्त अवस्थामा उद्धार गरेको छ।


उनीहरु दुवै जनाको मानसिक अवस्था विक्षिप्त रहेको पाइएको छ मृतकका छोरालाई त आत्महत्या प्रयास गर्दा गर्दैको अवस्थामा उद्धार गरेको प्रहरीको भनाई छ । 
‘घाँटीकाे बायाँ पट्टीबाट झण्डै ८ सेन्टिमिटर लामो ब्लेडले काटिएको अवस्थामा छोराको उद्धार गरेका हौँ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले सिधाकुरासँग भने,‘ ललितपुरको चल्नाखेलबाट उनको उद्धार गरिएको हो । उनको उमेर २१ वर्षको मात्रै छ ।’ 

मृतक कृष्णकी २८ वर्षीय छोरीलाई सेतोपुलमा एक ट्याक्सीमा बसिरहेको अवस्थामा उद्धार गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । मृतक कृष्ण १५ वर्षदेखि काठमाडौँमा ट्याक्सी चलाउँदै आएको पाइएको प्रहरीले जनाएको छ । 

३ महिना देखि ट्याक्सीमा रात बिताइरहेको परिवार 

महानगरीय प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको अनुसन्धानमा चरम गरिबीबाट कृष्णको परिवार गुज्रिएको पाइएको छ । श्रीमतीले दोस्रो विवाह गरेर गएपछि एक्लिएको परिवारलाई कृष्णले काठमाडौंको रविभवनमा एक भाडाको कोठामा राखेका थिए । 
तर, तीन महिनादेखि भाडा तिर्न पनि नसकेपछि उनीहरु कोठामा जान नसकेर ट्याक्सीमै रात बिताउन बाध्य भएको बयान मृतक कृष्णका छोराले प्रहरीलाई दिएका छन् ।
‘श्रीमतीले छोडेपछि रविभवन पछाडिको गणेशथान नजिक कोठा लिएर छोरा, छोरीलाई लिएर कृष्ण बस्ने गरेको पाइएको छ,’ अनुसन्धानमा संलग्न अधिकृतले भने । 

बाबु छोराको सल्लाह ‘तिमी पनि आत्महत्या गर्नु, म कतै आत्महत्या गर्छु’ 

मृतक कृष्णको भनाई उदृत गर्दै छोराले प्रहरीलाई दिएको बयानमा एउटा अंश छ, ‘छोरा तिमी दक्षिणकालीको जङ्गलमा गएर आत्महत्या गर्नु, म पनि कतै आत्महत्या गर्छु ।’
प्रहरीकाअनुसार पारिवारिक अवस्था, गरिबी जस्ता कारणबाट जीवनसँग बिरक्तिएर बाबु कृष्णले छोरालाई आत्महत्या गर्ने तरिका सिकाए थिए । 
सोतोपुलमा आफ्नो बा १ ज ९६५ नम्बरको ट्याक्सीमा छोरीलाई राखेर ट्याक्सी बनाउने मिश्री लिन भन्दै बाबु छोरा गएका थिए । छुट्टिने बेलामा बाबुले छोरालाई आत्महत्या गर्न दक्षिणकाली जान भन्दै २ वटा ब्लेड र १२५ रुपैयाँ खर्च दिएको छोराले प्रहरीलाई बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

शाहका अनुसार, उनी फिल्डबाट फर्किंदा कार्यकक्षमा बसेका तीन व्यक्तिले करार सेवाबाट कर्मचारी हटाएको विषयमा विवाद गर्दै आक्रमण गरेका थिए। ढाड र अनुहारमा मुक्का प्रहार भएको र नाकबाट रगतसमेत...

भर्खरै