अपराध गर्न त लागेका छैनौँ : भूकम्प प्रभाव व्यवस्थापनमा बिराउन लागेको बाटो

डा.भोजराज शर्मा काफ्ले

एउटालाई असजिलो पर्दा अरुले सहयोग गर्ने मानवीयता हो । पशुले पनि आफ्नो समुहमा विपत्ति पर्दा समूल सदस्यलाई जोखिम उठाएर सहयोग गरेको पाइन्छ । पहिला मान्छेहरू पापसँग डराउँथे र गलत काम गर्थेनन्। अहिले पनि समाजमा यस्ता केही व्यक्ति छन्, गलत काम किमार्थ गर्दैनन् । गर्न पापको डर मान्दछन् । भोलि मरे पछि नर्क गइन्छ भन्ने डर छ, उनीहरूलाई ।यस्तो डर नमान्नेहरू पनि छन् उनीहरूलाई आचरण र नैतिकताको डर छ ।

आजकल धेरै मान्छेहरू पलापिए भनेर मेरा एक जना मित्रले भने । के भन्छौ तिमी भनेको ''कुरा गर्छ आध्यात्मवादको, काम गर्छ बेइमानी'' भनेर पो भन्छन् । के बेइमानी ? मेरो स्वभाविक पश्न थियो । ''भुकम्पले आफ्नो सँगैको घर भत्किएर एउटा छोरो अस्पतालमा छ । घर सखाप पार्यो । उसको घर भत्किएकै छैन । पाल, कम्मल र रासन माग्ने लाइनमा छ । त्यो क्षति भएको छिमेकीको लागि लाइन बसेको होला, दुवै जना लाइनमा छन् दुवै जना भए पछि दुवैबाट छिमेकीलाई राम्रै सहयोग हुने भयो भनेको त आफैको लागि पो रहेछ ।कसरी सकेको होला त्यसो गर्न। त्यही आत्मग्लानि र आत्मा विभोर भएको छिमेकी भन्दा चर्को स्वरमा यति दिएर हुन्छ । यस्तो दिए हुन्छ । सरकारले यही ढिलो सेवा दिने भनेर कराउँछ ।'' भनेर भनेँ । म झस्किएँ । हामी के हुँदै छौँ ? हामी कता जाँदैछौँ ? आदि इत्यादि तर्क मनमा उब्जिए ।


दैविक प्रकोप सम्बन्धी शिक्षा समूहको बैठक बसिरहेका थियौं । पहिला नै भुकम्प प्रभावित क्षेत्रमा काम गरेका अनुभवी एक सहभागी भर्खरै जाजरकोट र रुकुमका भुकम्प प्रभावित क्षेत्रमा पुगेर आएका थिए । उनी हतास देखिन्थे । ''बालबालिकाको अवस्था बिजोक छ, सुत्केरी र गर्भवती महिलाको अवस्था मर्माहत छ, अपाङ्गता भएका र ज्येष्ठ नागरिकको आवाजै छैन । कसैले वास्ता गर्दैन । मानौं उनीहरु मानिस नै होइनन् ।'' आफैले संयोजन र अगुवाइ गर्न पर्ने बैठक थिएन । ''त्यसो त होइन होला नेपाली मानिसहरू त्यति निर्दयी हुँदैनन्'' भन्दै थिएँ । उनी रोकिन सकेनन्, ''उनीहरु जमात बनाउन भिड्न सक्दैनन्, दलका कार्यकर्ताको पनि पहिलो दृष्टिमा उनीहरु पर्दैनन् । यो आवाज नभएको वर्ग, आवाज पुर्याउन नसक्ने वर्गमा पर्दो रहेछ । छुट्टै विशेष ध्यान दिनु पर्ने समूह रहेछ ।'' रोकिन संकेत गरेँ तर रोकिएनन्'', अहिले भुकम्प प्रभावित क्षेत्रमध्ये सबै भन्दा सुगम जाजरकोटको सदरमुकाम खलंगा हो । त्यहाँ महोत्सव लागे जस्तो भएको छ । पर्यटन क्षेत्र जस्तो भएको छ । फोटो खिचाउने र फेसबुकमा राख्ने प्रतिस्पर्धा जस्तो भएको छ । अभिभावक गुमाएका बाल-बालिकालाई रुहाउँदै बोल्न लगाई थप तनावग्रस्त बनाउँदै फेसबुकमा भिडियो अपलोड गर्नेले क्या वात गरेँ भनेको छ 


अरु देशका कुरा : भुकम्पको प्रभावित क्षेत्रका यी र यस्ता घटना र जानकारी प्राप्त हुँदै गर्दा केही विपद् विज्ञहरूसँग परामर्श भयो । सामान्यतया अरु मुलुकमा विपद्मा उद्धार र सेवा प्रवाहमा राजनीतिकर्मी सहभागी हुँदैनन् रे। जनप्रतिनिधि पनि हुँदैन रे । सुरक्षा निकाय र कर्मचारीको जिम्मा हुन्छ रे । तर उद्धार, उपचार, गाँस, बास, कपास, स्वास्थ्य र कमजोर वर्गको सेवा जस्ता पक्षमा जनप्रतिनिधिले नीतिगत सहजता प्रदान गर्न तत्पर बसेका हुन्छन् रे । राजनीतिकर्मीले निगरानी गर्ने र सुधारको लागि निरन्तर सुझाव र सहयोग गर्छन् रे । जति धेरै राजनीतिक कर्मी सेवामा सहयोग गर्दछन् उति भोट घट्छ भन्ने मान्यता रहेछ।

यही कुरा एक जना शालीन राजनीतिकर्मीलाई प्रसङ्गवश सुनाएँ, उनले तत्कालै भने ''हुनुपर्ने त्यही हो, तर हेर्नुहोस् यहाँ ठीक उल्टो हुन्छ ।जसले त्यहाँ गएर डिस्टर्ब गरेको छ, नानाथरिका फोटो खिचेर सामाजिक सञ्जालमा राखेको छ, त्यसैलाई क्याबात भन्छन् । हेर्नुहोला भोट त्यसैले धेरै पाउँछ।''

अर्का एक स्थानीय विज्ञसँग मैले कुरा गरेँ ।  उनले परिस्थितिलाई मज्जाले निकालीरहेका रहेछन् । ''अहिलेसम्म हामी ठीक बाटोमा छौँ जस्तो लाग्छ । चिकित्सक खाँचो भएन । औषधीको अभाव कतै भएन । हाम्रो प्रदेशको आपूर्ति केन्द्रले अभूतपूर्व समन्वय र सहजीकरण गर्यो । स्वास्थ्य निर्देशनालय लगायत संयन्त्रले चिकित्सक र स्वास्थ्यकर्मीको पटकै अभाव हुन दिएन । तर राहत वितरण र विद्यालय सञ्चालनको लागि न्यूनतम सामाग्री व्यवस्थापनका सम्बन्धमा गुनासो सुनिन लाग्यो अब पो डर लागेको छ, यो विषयको बैठान कसरी गर्ने होला ?''


उहाँको सहज प्रतिक्रिया थियो  ''हेर्नुहोस् अहिलेसम्म प्राविधिक काम थियो । मानवीय संवेदना बढी भयो । त्यहाँ राजनीति पस्न सकेन । अब राजनीतिक पक्ष जति हावी हुन्छ उति बेथिति हुन्छ । हामीले राजनीतिकर्मीलाई दोष दिन्छौँ तर उहाँहरुलाई झन सकस छ''  भनेर अलमलमा पारिदिनुभयो । भूकम्प गएको भोलिपल्ट बिहानै दिमागीय घनचक्रमा फसेको थिएँ ।

आफ्नै देशका राजनीतिकर्मीका कुरा:  भूकम्प गएको रातीको भोलिपल्ट बिहान प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा भन्ने खबर आयो । सम्बन्धित प्रदेशका मुख्यमन्त्रीलाई लिएर पुगेका होलान् भन्ने विश्वास थियो, धन्न मुख्यमन्त्रीलाई जानकारीसम्म रहेछ । मनमा चिसो पर्यो यो संघीयता कस्तो होला,  'तपाईँको प्रदेशमा विपद परेछ, ल जाउँ है म निस्केँ' भनेको भए के हुन्थ्यो होला त ? नजिकको सरकारको मुख्यमन्त्रीलाई बोलाएको भए व्यावहारिक हुन्थ्यो होला । मनमा यस्तो तरङ्ग उठ्यो । सानो मान्छेले के त्यस्तो ठूलो कुरा गरेको होला भनेर आफैँलाई सम्हालेँ ।

श्रृङ्खलावद्ध रुपमा केन्द्रीय नेताहरू प्रभावित क्षेत्रमा पुगे । प्रदेशका सम्बन्धित मन्त्रालयलाई विरलै जानकारी भयो । स्वास्थ्य मन्त्री र सचिव आएर गए रे। प्रदेशका स्वास्थ्य मन्त्री र सचिवलाई पत्तै भएन । जो जो ठूला मान्छे, विज्ञ बने, निर्देशन दिए, गए । निर्देशनमा एकरूपता, प्राविधिकता, संवदेनशीलता, मानवीयता, व्यवसायिक कुशलता कति घुलित भयो समयले विश्लेषण गर्ला । एउटा अलि भिन्न खबर आयो, नेपाली कांग्रेसका महामन्त्रीद्वयले भुकम्प प्रभावित क्षेत्रमा सम्पूर्ण कार्यहरू प्रदेश सरकार मार्फत गर्न सरकारलाई अनुरोध गरे रे । उनीहरूले दुईवटा नमूना घर समेत बनाए र यस्तै स्थानीयता मैत्री घर बनाउन उपयुक्त हुन्छ भने रे । त्यसको सुनुवाइ कहीँ कतै भए जस्तो लाग्दैन । हालसम्म त्यो अनुरोध अनुरोधमै सीमित भए जस्तो लाग्छ ।


स्थलगत रुपमा भूकम्प प्रभावित क्षेत्र अवलोकन गरेर फर्केका कर्णाली प्रदेशका सामाजिक (स्वास्थ्य, शिक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद) मन्त्रीको भावपूर्ण भनाइ स्मरणमा आयो ''हामी जस्ता मान्छे त्यहाँ गएर केही काम रहेनछ। हामी गएर काम गर्ने मान्छेलाई अरु अलमल पार्ने रहेछौँ । नजिकबाट सहयोग गरेका कर्मचारी अलमलमा पर्दा रहेछन् । बरु यहीँ बसेर कामको मूल्याङ्कन गर्नु, कहाँ के समस्या छ, के खाँचो छ, के उपलब्ध गराउँदा सहयोग होला जस्तो छ। त्यसैले म त तत्कालै फर्केँ '' ।

अहिलेको अवस्थामा दैवको नियति भन्दा हाम्रो नियति कयौं गुना खतरायुक्त देखिँदै छ । सुर्खेतमा जाजरकोटबाट झरेका कयौं मानिसहरू यहाँ छैनन् । यही बेला केही पाइन्छ भनेर जाजरकोट तिर हानिएका छन् । त्यसमा कर्मचारी, व्यापारी, व्यवसायी सबै छन् । अन्य सहरबाट पनि त्यसैगरी गरेका होलान् । त्यस्ता मानिसको राजनीतिमा पनि रैथाने भूमिपुत्र  , दलितहरूको भन्दा राम्रै पहुँच हुन्छ । दबिएका दमितका आवाजहरू फेरि दमित नै भैरहने खतरा झाँगिदो छ, भनिन्छ ।


अबको बाटो : यी र यस्ता कुरा हुँदै गरेका छन् तापनि हामीले आआफ्नो ठाउँबाट जे सकिन्छ गरिरहेका छौँ । गरिरहन पर्छ भन्ने मान्यतामा दृढ छौँ  । स्वास्थ्य, शिक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अपाङ्गता सम्बन्धी छुट्टा छुट्टै कार्य समूह गठन भएका छन् । छुट्टाछुट्टै समूहगत सूचना सङ्कलन गरिएको छ । दिनदिनै  विमर्श गर्दै रणनीति बनाउँदै अगाडि जान्छौँ । हिजोको रणनीति आजका जानकारी र सूचनाले बदलिन्छन् । जानकारीमा अलि निखार आउँछ । लाग्छ,  अब गर्नु पर्ने तल उल्लेख भए अनुसार छन् । यसमा सबैको सहयोगको अपेक्षा अनि सोहीका लागि आव्हान गरिन्छ ।

क)   स्वास्थ्य तर्फ

१) कार्यक्षेत्रमा खटिएका चिकित्सकहरू कोही थाकिसकेका छन् । कोही बिरामी परे र पर्दैछन् । उहाँहरूको सट्टामा अरुलाई पठाउने ।

२) विशेष परिस्थिति वा प्रकोप भन्नाले हैजा, झाडापखाला, निमोनिया जस्ता महामारी फैलनसक्ने सम्भावना भएकोले तयारी अवस्थामा जनशक्ति राख्न पर्ने

३) हाल जहाँ जहाँबाट सेवा प्रदान भैरहेको छ र जुन जुन ठाउँमा स्वास्थ्य संस्थाहरू छन्, ती संस्थाहरूमा निरन्तर सेवा चालू राख्ने,  थप जनशक्ति आवश्यकता हुनासाथ पठाइहाल्ने ।

४) हाल सम्म औषधी र उपचारको सामाग्रीको अभाव देखिएको छैन । प्रदेश आपूर्ति केन्द्र थप आवश्यक पर्नासाथ तत् तत् ठाउँमा पुर्याउन तत्पर छ । प्रभावित स्थानका सङ्घसंस्थाहरूसँग सम्पर्कमा रहिरहन अनुरोध गरिएको छ ।

तत्काल प्राप्त जानकारी अनुसार चिसोको कारण निमोनिया, रुघाखोकीको प्रकोप क्रमश वढ्न थालेको छ । आवास र खानेपानी तथा सरसफाइ समूह अब क्रियाशील हुनुपर्ने देखिएको छ  । ती समूहसँग समन्वय भइरहेको छ। थप सबल बनाउन सबैलाई अनुरोध छ । यस प्रकारका रोगहरू बढ्न थालेमा हाम्रो जनशक्ति पर्याप्त नहुन सक्छ । वरपरका स्थानीय तह, जिल्ला, प्रदेश,  संघीय इकाईहरू र सम्बन्धित सबैलाई अनुरोध हुनासाथ स्वास्थ्यकर्मी विशेष गरी चिकित्सक तयारी अवस्थामा राखिदिनुहुन अनुरोध गरिन्छ ।

ख) संरक्षण समूह (प्रोटेक्सन क्लष्टर)

१) प्रभावित प्रत्येक स्थानीय तहमा एकजना मनोपरामर्श विज्ञसमेत एक जना सम्पर्क व्यक्ति ९फोकल पर्सन० ले समन्वय गर्ने गरी समूह पठाइसकिएको छ।

२) त्यो समूहले स्थानीय तहको बालबालिका, महिला गर्भवती र सुत्केरी, अपाङ्ग भएका र ज्येष्ठ  नागरिकहरूलाई विशेष ध्यान दिनेछ ।

३) बाबुआमा दुवै गुमाएको,  बाबु तथा आमा एउटा गुमाएका अन्य कसैको सहारा नभएका बालबालिकालाई विशेष प्राथमिकता दिन पर्नेछ । स्थानीय तहमा उनीहरूको सम्बोधन नहुने अवस्थामा प्रक्रिया पुरा गरी तुरुन्त सामाजिक मन्त्रालयमा सम्पर्क गर्नुपर्ने छ । यसका लागि मानव सेवा आश्रम, कोपिला भ्याली, एसओएसजस्ता परोपकारी संस्थाहरू सहकार्य गर्न तयारी अवस्थामा हुनुहुन्छ ।

ग) शिक्षा समूह (एजुकेशन क्लष्टर)

१) प्रभावमा परेका र पाठ्यपुस्तक लगायत दैनिक प्रयोगका सामाग्री गुमाएको बालकालिका प्रत्येक कक्षामा लगभग एक हजारका दरले भएको प्रारम्भिक अनुमान छ । यसको लागि करिव दश हजार पाठ्यपुस्तक लगायतका सामाग्री संघीय सरकारसँग समन्वय गरेर यथाशीघ्र प्राप्त हुने गरी विमर्श भई रहेको छ । बजारबाट खरिद गरेर समेत उपलब्ध हुने गरी बजारमा उपलब्ध भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । व्यवस्थित गर्न प्रयास भइरहेको छ  ।

२)  विद्यालय, शिक्षक, बालविकास केन्द्र र विद्यार्थी (तल्लो कक्षा र माथिल्लो कक्षा) लाई चाहिने सामग्री सम्बन्धमा युनिसेफ, सेभ द चिल्ड्रेन, कर्णाली प्रदेश पुस्तक तथा स्टेसनरी व्यवसायिक संघ, लगायत संस्थाहरूसँग सहकार्य सम्भावना आँकलन गरिसकिएको छ। यी सामग्रीहरु तयारीको जिम्माको बाँडफाँड गरिएको छ।

३) प्रारम्भमा नलगाड‌को सबैभन्दा प्रभावित ठाउँमा चिउरी गाउँमा दलितहरूको मात्र वस्ती भएको पाइएको छ । तिहारपछि विद्यालय खुल्नासाथ आवश्यक सामग्री बालबालिका र विद्यालयलाई उपलब्ध गराउने र त्यसबाट सिक्दै अन्य ठाउँमा विस्तार गर्ने रणनीति बनेको छ ।

प्रभावित नभएका बालबालिका र अभिभावक बाट पनि यस प्रकारको माग आउँछ भन्ने कुराले हाम्रो कार्यक्षेत्रमा काम गर्ने कर्मीहरू अत्तालिनु भएको छ । सायद त्यसो नहोला । सबैलाई शुद्ध र निष्पक्ष कामका लागि सहयोग गर्न अनुरोध छ । दुःख सुखमा सच्चा सहयोग गर्ने नेपालीको अनुपम विशेषता हो भनी अरुलाई पहिचान दिने अवसर नगुमाऔँ । विनम्र अनुरोध छ ।


मौलिक काइदा: तराईमा धेरै जसो थारू बस्तीमा अझै पनि सानो एक तले, इँट्टाले बनेको कटेरो आकारका घर छन् । सामान्य स्थानीय झ्याङकट, डाँठ यस्तैबाट भित्ता बनाइन्छ र लिपिन्छ बिच बिचमा डोरी राखेर कोठा नाइन्छ । त्यो घर निकै वातावरण मैत्री मानिदो रहेछ । खरले छाइन्छ भुइँमा खटिया बिछ्याइन्छ । चिसो र गर्मीबाट बाँच्न निकै उत्तम मानिन्छ । तत्काल हामीले ठूला र आधुनिक घरको सपना देख्नु हुँदैन।

अहिलेलाई दुईवटा धुरी खम्बा चार वटा अरु खम्बा तिन वटा  बला, केही डाँडाहरु जम्मा गरेर स्थानीय गोठ जस्तो घर बनाउन शुरु गरिहाले हुन्छ । भित्र टाँड बनाए सुत्ने ठाउँ बन्छ । छाउने खर नपाए स्याउलाले छाउँदा पनि हुने रहेछ । यसका लागि कोही विदेशी गुहार्न पर्दैन/गाउँमा आपसमा मिलेर गर्दा केही दिनमै तयार हुन्छ । आफन्त हुन्छन, घरप्रति माया र मोह हुन्छ । छाना चुहिने भएमा उद्धारका क्रममा प्राप्त पाल प्रयोग गरेर ओत बनाउन सकिन्छ ।

यो मनगढन्ते कुरा होइन आधुनिक इन्जिनियरहरूसँग परामर्श गर्दा उत्तम तरिका त्यही हो । तर जनमानस तयार छैनन् । यसलाई पहिले राजनीतिले बुझिदिनुपर्छ भन्ने निचोड निस्किदोँ रहेछ । त्यसो भएमा वस्ती छाडेर सहर पसेका पहुँचवालाको राहतमा पहुँच पनि कमजोर हुने थियो । हामी प्रकृतिको काखमा जन्मियौँ । यहीँ रैथाने भएर जीवन निर्वाह गरिरहेका छौं । अब हामी आफै सहकार्य गरेर अर्मपर्म गरेर, मित लगाएर आफ्नो घर आफै बनाउन सुरु गरियो भने सरकारले सुरक्षाकर्मी उपलब्ध गराएर होस्टेमा हैँसे गर्नेछ ।

अन्त्यमा:  राति भूकम्प गयो । राति नै हाम्रा चिकित्सक र स्वास्थ्यकर्मी जाजरकोट र रुकुम पश्चिम पुगे । ती कर्मीलाई धन्यवाद बाहेक अरु केही दिन सकिँदैन । धन्यवाद व्यक्त गर्नु खल्लो र अपूर्ण, अपमान त भएन भन्ने लाग्छ । आपुर्तिको व्यवस्था आश्चार्यजनक रुपमा व्यवस्थित गर्न रातदिन खट्ने आपुर्ति केन्द्रले कहिले कुनै बेला, कुनै दिन, गाह्रो भयो, सकिएन,  जनशक्ति पुगेन आदि कुनै समस्या देखाएन । जाजरकोटकी युवा महिला डाक्टर लगायत त्यहाँको समूह र अन्य स्वास्थ्यकर्मी र चिकित्सकको अतुलनीय र अविस्मरणीय खटाई र सेवाको बारेमा उल्लेख गरेर खल्लो बनाउनु मात्र हुनेछ ।

सामाजिक विकास मन्त्री ज्यूले भने  जस्तै उच्च पदाधिकारी र नेताहरूको उपस्थितिले उहाँहरूको सेवामा सहयोग पुग्यो की असहजता भयो,  उहाँहरूलाई थाहा छ कि विज्ञहरूलाई जानकारी होला । असहजता भएको भए क्षमा प्रार्थी छौँ । कुराको चुरो छ मानवीयतामा । हामी नेपाली अस्वभाविक,  बदमास, असहयोगी हुन सक्दैनौँ, हुनु हुँदैन । दुःखीलाई आएको राहत, यत्रो विपत्तिको बेला अरुले सहयोग गरेको कुरालाई, हामीले  लुब्धता देखाउनु हुँदैन । पापी हुन भएन, पार्टीको पनि हुन भएन । ठग पनि हुनु भएन । यसको समाधानका लागि अरुसँग के गर्ने साेध्न पर्दैन, आफ्नो आत्मालाई सोधे  पुग्छ । यति पाल र खाद्यान्न आवश्यक नपरे पनि लिए भनेर अरुले कुरा काट्ने कुरामा बहादुरी देखाउनु भन्दा यति जनालाई यति सहयोग गरेँ भन्दा शान्ति मिल्छ ।

- काफ्ले, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव हुन् ।

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||