नेभिगेशन
सबै कुरा

विश्वविद्यालयमा मेरिटोक्रेसिले ल्याएको सुधार सरकारलाई घाडो भएको छ : अध्यक्ष प्रचण्ड

बेनिघाट। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले गरेका सुधारका काम अहिलेको सरकारलाई घाडो भएको बताएका छन् । 

धादिङ जिल्लाको बेनीघाट रोराङ्ग गाउँपालिका ८ बिधाङको कालिका माध्यामिक विद्यालयमा आयोजित एकीकृत छात्रावास समुद्घाटन एंव चैलिङ नमुना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 

मैले शिक्षाको सुधारका लागि शिक्षा विधयेकमा सहमति कायम गराएर अगाडि बढाए , त्यति मात्रै होइन राजनीतिक भागबन्डा गरेर विश्वविद्यालयहरुमा भिसि, रेक्टर, रजिस्टार, डिनहरु नियुक्ति गर्दा विश्वविद्यालयको गुणस्तर पुरै खस्कियो। विद्यार्थीहरु देश छोडेर विदेस पलायन भए । विश्वविद्यालयहरुमा तालाबन्दि, नाराबाजी, अराजकताको स्थिति आइरह्यो । त्यो अराजकता तोड्न मैले शिक्षामा सुधारको जोखिम उठाउनुपर्छ भनेर मेरिटोक्रेसिका आधारमा  भिसि, रेक्टर, रजिस्टार र डिनहरु नियुक्त गर्ने प्रक्रिया आगाडि बढाए । अहिलेको सरकारलाई त्यो घाडो भएको छ ,ु अध्यक्ष प्रचण्डले भने । 

शिक्षामा भागबन्डा गरेर विश्वविध्यालयहरूमा भिसी रेक्टर नियुक्त हुँदा शिक्षाको गुणस्तर घट्ने र युवा विधार्थी पलायन हुने स्थित भएको बताउँदै उक्त कुरा रोक्न आफुले शिक्षा क्षेत्रको सुधारमा गर्नमा गरेको पहललाई अहिले उल्टाउने खेल भैराखेको उनले बताए ।

'सरकारलाई राम्रो होइन आफ्नो मात्रै चाहिएको बताउँदै उनले थपे,विश्वविद्यालयमा मैले सुरुवात गरेको मेरिटोक्रेसिले राम्रो असर र प्रभाव देखाउन थाल्यो तर अहिलेको सरकारलाई राम्रो चाहिएको छैन । आफ्नो चाहिएको छ । अहिले विश्वविद्यालयका भिषिहरुलाई मेरिटोक्रेसि तोड्न सरकारले निकै ठुलो दबाब दिइरहेको छ। अहिलेको सरकारलाई जहाँ राम्रो छ त्यहाँ प्रहार गर्नुपरेको छ। राम्रो मान्छे चाइएन उनीहरूलाई आफ्नो मान्छे चाहियो। अस्ति मात्रै मैले केही भिषिहरूलाई भेटेर सत्यका पक्षमा लड्नुस् भनेको छु। मैले भ्रष्टाचार र विकृतिकाविरुद्ध लड्दा प्रधानमन्त्री छोड्न तयार भए । तपाईहरुपनि सत्यका पक्षमा लड्नुहोस् मेरिटोक्रेसी नछोड्नुस् योग्यहरू नियुक्ति गर्ने कुरा खुट्टा नकमाइ अगाडि बढ्नुस भनेको छु ।'

आफु तीन पटक प्रधानमन्त्री हुँदा विभिन्न क्षेत्रको सुधारमा मिहनेत गरेको चर्चा गरेका अध्यक्ष प्रचण्डले आफु सरकार बाहिर रहे पनि  सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढिरहेको बताउनुभयो ।तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा  काम गरेको बताउनुहुँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले संघियता कार्यान्वयनका लागि विभिन्न विधयेक र ऐनहरु बनाउने काममा मिहनेत गरेको बताए । 

उनले भने. 'संघीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा  काम गर्नुका साथै धेरै मिहनेत गरेर मैले शिक्षा विधयेकलाई क्याभिनेटबाट पारित गराए तर उक्त विधयेक संसदमा  पुग्दा पारित गरेका विषय भन्दा अर्कै भएर पुगेछ । संसद पुग्नु अगाडि नै विधयेक त भाचकुच भएछ त्यसमा पारित गरिएका विषय छैनन् अर्कै उल्टो कुरा छ । मैले त्यो विधये फेरि मन्त्रिपरिषद्मा फिर्ता ल्याएर आफै बसेर फेरि विधयेकका दफ दफ हेरेर त्यसलाई एउटा राजनीतिक समझदारी बनाएर अहिले सदनमा दर्ता छ । समितिमा छलफल हुँदैछ ।शिक्षाको क्षेत्रमा सुधारको निम्ति कैयौ वर्षदेखि अड्किएको यो काम अगाडि बढेको छ।'

संघीय  निजामति ऐन रानीतिक बिमतीकाबीच सदनमा दर्ता गरिएको उनले बताए ।  अध्यक्ष प्रचण्डले भने,'संघीय निजामति ऐन नहुँदा कर्मचारीको व्यवस्थापन एउटा चुनौति भएको छ । स्थानीय तह, प्रदेश, संघहरुहको कामको परिणाममा असर परेको छ ।त्यसैले धेरै ठुलो बहस, सघर्ष र मिहनेत पछि संघिय निजामति ऐन सदनमा मेरो पालामा दर्ता चाँहि भएको छ । यद्यपी त्यसमा केही राजनीतिक बिमती छन् ।'

भ्रष्टाचारविरुद्ध सुशासनको अभियान र अर्थतन्त्रमा सुधारको पहल गरेका कारण आफु नेतृत्वको सरकार ढालिएको बताउँदै केपी ओली नेतृत्वको सरकार अपारदर्शि र अप्राकृतिक तरिकाबाट बिचौलिया र माफियाहरुले बनाइदिएको उनले बताए । 

अध्यक्ष प्रचण्डले भने 'सरकार परिर्वतन जुन तरिकाले गरियो जालझेलको तरिकाद्धारा, अपारदर्शि र अप्राकृतिक तरिकाद्धारा उहाँहरु आउनुभएको छ । म उहाँहरु आएको मान्दिन । एमाले अध्यक्ष केपी जीले भन्नुहुन्छ के मैले प्रचण्डलाई राउण्ड किक दिए ।राउण्ड किक दिएको रे उहाँले। स्वर्ग नि सँगै नर्क नि सँगै जाने भनेर म प्रधानमन्त्री हुँदा मसँग प्रधानमन्त्री क्वाटरमा बसि चार घण्टासम्म कुरा गरेर जाल झेलबाट यस्तो तरिकाबाट बनेको सरकार बनेको यो बचौलियाले यो दलालहरुले बनाइएको सरकार हो । नेपालको अर्थतन्त्र अहिले एक दर्जन बढिमा दुई दर्जन बिचौलियाको हातमा छ । जनताको हातमा छनैन । नेपालको राजनीति त जनताको हातमा आयो तर देशको अर्थतन्त्र जनताको हातमा आएको छैन  । यसमा केही प्रयास भएका थिए । तर बिचौलिया र दलालहरुलाई सह्यै भएन ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुधबार बिहान उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा...
जब सांसदहरू त्रिभुवन विश्वविद्यालयको छात्राबास छिरे

जब सांसदहरू त्रिभुवन विश्वविद्यालयको छात्राबास छिरे

मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका...
सरकारलाई शिक्षक महासङ्घको चेतावनी: शिक्षा विधेयकमा षड्यन्त्र नहोस्, नत्र...

सरकारलाई शिक्षक महासङ्घको चेतावनी: शिक्षा विधेयकमा षड्यन्त्र नहोस्, नत्र...

नेपाल शिक्षक महासङ्घले सरकारलाई विद्यालय शिक्षा विधेयकमाथि षडयन्त्र नगर्न चेतावनी दिएको छ । महासङ्घले एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारले आफूहरूसँगको सहमतिमा असार १५ गतेभित्र विधेयक ल्याउने प्रतिबद्धता जनाए...