नेभिगेशन
सबै कुरा

भक्तपुरमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा बाबुछोरा मृत फेला

काठमाडाैँ । भक्तपुरमा बुवाछोरा मृत अवस्थामा फेला परेका छन्। सूर्यविनायक नगरपालिका १ बालकोटस्थित एक घरमा दुई जना मृत फेला परेका हुन् । 

धारिलो हतियार प्रयोग गरेको अवस्थामा छुट्टाछुट्टै कोठामा मृत फेला परेका उनीहरु खोटाङको रूपाकोट मजुवागढी नगरपालिका १ का ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य रहेका छन् । 

बाहिरबाट चाबी लगाएको अवस्थामा मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारीपश्चात प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का गर्नुका साथै अनुसन्धान अघि बढाएको छ। 







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्